खोप लगाउन पाउने भएपछि ट्यांकर चालकले आन्दोलन फिर्ता लिए

Advertisement

काठमाडौं । नेपाल आयल निगमले कोरोनाविरुद्धको खोप व्यवस्था गर्ने सहमति जनाएपछि ट्यांकर चालकले आन्दोलन फिर्ता लिएका छन् । यससँगै पेट्रोलियम पदार्थको ढुवानीमा भएको अवरोध हटेको छ । 

कोरोनाविरुद्धको खोप लगाउन नपाएका कारण आन्दोलित भएका ट्यांकर चालकले आइतबारदेखि ढुवानी रोकेका थिए । निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार ट्यांकर चालकहरूको मागअनुसार कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गरेर अवरोध हटाएको हो ।

Advertisement

निगम र ट्यांकर चालक संघबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । संघले मंगलबारबाट नै पेट्रोलियम पदार्थको ढुवानी शुरु हुने बताएको छ । 

Advertisement

Advertisement