लघुवित्तको वित्तीय विश्लेषणः २४ कम्पनीको नाफा बढ्दा एक नोक्सानमा, कस्को कति ?

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन मसान्तसम्ममा चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्न समय दिएअनुसार हालसम्म २६ वटा लघुवित्त संस्थाले आफ्नो विवरण सार्वजनिक गरेका छन् । 

विवरण सार्वजनिक गर्ने अधिकांशको नाफासहित सबै सूचक उत्साहजनक देखिन्छ । दोस्रो बजारमा सेयर कारोबार गरिरहेका लगभग ५३ वटा लघुवित्तमध्ये आधाभन्दा बढिले आफ्नो वित्तीय अवस्था सार्वजनिक गरेका हुन् । 

Advertisement

चौंथो त्रैमाससम्मको वित्तीय विवरणले कुन कम्पनीको वित्तीय अवस्था कस्तो छ ? कतिसम्म लाभांश वितरण गर्छ ? भन्ने कुराको अनुमान लगाउन सकिन्छ । यो विवरण सेयर बजारमा लगानीकर्ताका लागि बढि महत्वपूर्ण हुन्छ । 

साउन २४ गतेसम्म वित्तीय विवरण सार्वजनिक गर्ने नेप्सेमा सूचीकृत २६ लघुवित्त कम्पनी अधिकांशको खुद नाफा, प्रतिसेयर आम्दानी, खुद ब्याज आम्दानीलगायतका सूचकमा वृद्धि भएको छ । यीमध्ये सबैभन्दा बलियो छिमेक लघुवित्त वित्तीय संस्था देखिएको छ । अधिकांश कम्पनीको नाफा, खुद ब्याज आम्दानी, रिजर्भ, ईपीएस, नेटवर्थ लगायतका सूचकमा आकर्षक सुधार देखिएको छ । 

कुन कम्पनीको नाफा कति ? 
समीक्षा अवधिसम्म वित्तीय विवरण र्साजनिक गर्ने २६ लघुवित्त कम्पनीले नाफा बढाउन सफल भएका छन् । बाँकी दुई कम्पनीमध्ये एकको खुद नाफा घटेको छ । एउटा कम्पनी भने नोक्सानमा रहको छ । 

१. इन्फिनिटी लघुवित्त वित्तीय संस्था 
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा इन्फिनिटी लघुवित्तले १२ करोड ६० लाख रुपियाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा १६५.९० प्रतिशतले धेरै हो ।  अघिल्लो वर्ष कम्पनीले चार करोड ७४ लाख रुपियाँ मात्र नाफा कमाएको थियो । 

२. एनआइसी एसिया लघुवित्त 
यस कम्पनीले अधिकांश सूचकमा प्रगति गरेको छ । असार मसान्तसम्म खुद नाफा २२१.४९ ले बढेर ५६ करोड ४७ लाख ६ हजार रुपियाँ पुर्याउन सफल भएको छ । अघिल्लो वर्षको यसै अवधिमा यस कम्पनीको नाफा १७ करोड ५६ लाख ५४ हजार रुपियाँ रहेको थियो ।

३. नाडेप लघुवित्र वित्तीय संस्था 
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नाडेपले १५ करोड ६८ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ८३६९.११ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष कम्पनीले १८ लाख ५२ हजार रुपियाँ मात्र नाफा कमाएको थियो ।

४. जीवन विकास लघुवित्त वित्तीय संस्था  
जीवन विकास लघुवित्त वित्तीय संस्थाको गत चौथो त्रैमाससम्मको खुद नाफा ६८ करोड ९५ लाख ५८ हजार रुपियाँ रहेको छ । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको खुद नाफा १०२ प्रतिशत बृद्धि भएको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा ३४ करोड १४ लाख २३ हजार रुपियाँ रहेको थियो । 
 
५. छिमेक लघुवित्त वित्तीय संस्था 
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म छिमेक लघुवित्त वित्तीय संस्थाले एक अर्ब २१ करोड ५६ लाख ३३ हजार रुपियाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षभन्दा गत वर्ष ८७ प्रतिशत बढी खुद नाफा भएको हो । अघिल्लो वर्ष चौथो त्रैमाससम्म कम्पनीले ६४ करोड ९२ लाख ४० हजार रुपियाँ नाफा आर्जन गरेको थियो ।  

६. महिला लघुवित्त 
महिला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नौ करोड २९ लाख ८२ हजार रुपियाँ खुद नाफा गरेको छ । गत फागुनमा सर्वसाधारणमा आईपीओ जारी गरेको कम्पनीले अघिल्लो वर्षभन्दा गत वर्ष १६७.८६ प्रतिशत बढी खुद नाफा गरेको हो । अघिल्लो वर्ष कम्पनीको यो नाफा तीन करोड ४७ लाख १३ हजार रुपियाँ मात्र थियो । 

७. आरम्भ चौतारी लघुवित्त
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अघिल्लो वर्षभन्दा ३९०.५७ प्रतिशत बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष सो अवधिसम्म दुई करोड ४० लाख ४० हजार रुपियाँ खुद नाफा गरेको कम्पनीले गत वर्ष ११ करोड ७९ लाख ३३ हजार रुपियाँ नाफा आर्जन गरेको हो । 
 
८. निर्धन उत्थान लघुवित्त
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ९१ करोड ९१ लाख ७३ हजार रुपियाँ खुद नाफा गरेको छ । कम्पनीले अघिल्लो वर्षभन्दा खुद नाफा २२३.२६ प्रतिशत बृद्धि भएको हो । अघिल्लो वर्ष कम्पनीको यो नाफा २८ करोड ४३ लाख ४५ हजारमात्र रुपियाँ थियो । 

९. लक्ष्मी लघुवित्त
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म लक्ष्मी लघुवित्त वित्तीय संस्थाले १९ करोड ३१ लाख ९२ हजार रुपियाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिसम्म भन्दा १९६ प्रतिशत बृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको नाफा छ करोड ५२ लाख ६५ हजार रुपियाँ थियो ।

१०. स्वाभिमान लघुवित्त
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म स्वाभिमान लघुवित्त वित्तीय संस्थाको खुद नाफा पाँच करोड ५९ लाख एक हजार रुपियाँ रहेको छ । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा दुई करोड १८ लाख ९५ हजार थियो । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको खुद नाफा १५५ प्रतिशत बृद्धि भएको हो । 

११. एनएमबि लघुवित्त
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म एनएमबि लघुवित्त वित्तीय संस्थाले १९ करोड ८७ लाख ९८ हजार रुपियाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको नाफा १६३ प्रतिशत बृद्धि भएको हो  । अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीले सात करोड ५५ लाख ९८ हजार रुपियाँ नाफा आर्जन गरेको थियो । 

१२. सूर्योदय लघुवित्त
सूर्योदय लघुवित्त वित्तीय संस्थाले अघिल्लो आर्थिक वर्षभन्दा गत वर्ष खुद नाफा १४८.७४ प्रतिशत बढाउन सफल भएको छ । अघिल्लो वर्ष चार करोड २४ लाख ५६ हजार रुपियाँ खुद नाफा गरेको यस कम्पनीले गत वर्ष १० करोड ५६ लाख पाँच हजार रुपियाँ नाफा गरेको हो ।  

१३. गणपति लघुवित्त    
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म गणपति लघुवित्त वित्तीय संस्थाले दुई करोड ३९ लाख ५० हजार रुपियाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीको नाफा चार करोड २१ लाख ३१ हजार रुपियाँ थियो । कम्पनीले सार्वजनिक गरेको अपस्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षभन्दा गत वर्ष खुद नाफा ७५.९१ प्रतिशतले बढेको हो । 

१४. ग्लोबल आइएमई लघुवित्त 
गएको असारसम्म ग्लोबल आइएमई लघुवित्तले खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २८३ प्रतिशत बढाउन सफल भएको छ । अघिल्लो वर्षको यसै अवधिमा पाँच करोड ९४ लाख २६ हजार रुपियाँ खुद नाफा गरेको कम्पनीले गत वर्ष २२ करोड ७६ लाख ५४ हजार रुपियाँ नाफा आर्जन गर्न सफल भएको हो ।  

१५. वोमी लघुवित्त
वोमी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १६ करोड ५ लाख ३९ हजार रुपियाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्षको खुद नाफा ६६६.८१ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले दुई करोड नौ लाख ३६ हजार रुपियाँ मात्र नाफा कमाएको थियो । 

१६. सिभिल लघुवित्त
सिभिल लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म छ करोड ५४ लाख ७१ हजार रुपियाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको यो नाफा ४७४.५६ प्रतिशत बृद्धि धेरै हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा एक करोड १३ लाख ९५ हजार रुपियाँ थियो ।  

१७. साधना लघुवित्त
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा साधना लघुवित्त वित्तीय संस्थाले खुद नाफा १९६.३४ ले बढाउन सफल भएको छ । कम्पनीको नाफा समीक्षा अवधिसम्म ११ करोड ७० लाख ९५ हजार रुपियाँ छ । अघिल्लो वर्षको यसैअवधिमा यसले तीन करोड ९५ लाख १३ हजार रुपियाँ मात्रै खुद नाफा कमाएको थियो ।

१८. आशा लघुवित्त 
आशा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १२ करोड ७१ लाख ४१ हजार रुपियाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा १७२.६६ प्रतिशतले धेरै हो । अघिल्लो कम्पनीले वर्ष चार करोड ६६ लाख ३० हजार रुपियाँ खुद नाफा आर्जन गरेको थियो । 

१९. महुली लघुवित्त  
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा महुली लघुवित्तले खुद नाफा ३५५.१६ प्रतिशतले बढाएर नौ करोड ४० लाख ४७ हजार रुपियाँ पुर्याउन सफल भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले दुई करोड १५ लाख ४१ हजार रुपियाँ खुद नाफा कमाएको थियो ।

२०. स्वरोजगार लघुवित्त 
स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १५ करोड ४३ लाख २१ हजार रुपियाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको यो नाफा अघिल्लो वर्षको भन्दा १६९.६४ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले पाँच करोड ७२ लाख ३३ हजार रुपियाँ नाफा आर्जन गरेको थियो ।   

२१. डिप्रोक्स लघुवित्त
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७१ करोड ३७ लाख २९ हजार रुपियाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको नाफा गत वर्षको यसै अवधिको भन्दा १५९.५५ प्रतिशत धेरै हो । अघिल्लो वर्ष कम्पनीले २७ करोड ४९ लाख ९१ हजार रुपियाँ खुद नाफा गरेको थियो ।

२२. सबैको लघुवित्त  
सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ११ करोड ४३ लाख १६ हजार रुपियाँ खुद नाफा गरेको छ । गत वर्षभन्दा कम्पनीको नाफा २३२ प्रतिशतले नाफा बृद्धि भएको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले तीन करोड ४४ लाख ४६ हजार रुपियाँ मात्र खुद नाफा गरेको थियो । 

२३. उन्नति सहकार्य 
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा उन्नति सहकार्य लघुवित्तको नाफा १९२.८८ प्रतिशतले बढेर नौ करोड ४९ लाख ९३ हजार रुपियाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा यसले तीन करोड २४ लाख ३४ हजार रुपियाँ खुद नाफा कमाएको थियो ।

२४. मनकामना स्मार्ट लघुवित्त 
भर्खरै आईपीओ जारी गरी नेप्सेमा सूचीकृत भएको मनकामना स्मार्ट लघुवित्तको खुद नाफा ५८९.३१ प्रतिशतले बढेको छ । असार मसान्तसम्म यस लघुवित्तले तीन करोड २२ लाख ३२ हजार रुपियाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष यसै अवधिमा कमपनीले ४६ लाख ७६ हजार रुपियाँ मात्र खुद नाफा कमाएको थियो ।

नाफा घटेका लघुवित्त 
२५. आरएमडिसी लघुवित्त 
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आरएमडिसी लघुवित्त वित्तीय संस्थाले २३ करोड २५ लाख ६८ हजार खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष सोही अवधिसम्म खुद नाफा १८ दशमलव ६८ प्रतिशतले घटेको हो । अघिल्लो वर्ष सो अवधिसम्म कम्पनीले २८ करोड ६० लाख आठ हजार रुपियाँ नाफा गरेको थियो । 

२६. घोडीघोडा लघुवित्त
गत आर्थि वर्षको चौथो त्रैमाससम्म आइपुग्दा घोडीघोडा लघुवित्त नोक्सानमा रहेको छ । यसअवधिमा संस्था १८ लाख ४३ हजार रुपियाँ नोक्सानमा रहेको छ ।

Advertisement

Advertisement