जीवन बीमा कम्पनीहरुको नाफा तीन अर्ब माथि, प्रतिशेयर आम्दानी कति ? सूचीसहित

Advertisement

काठमाडौं । नेपालमा हालसम्म सञ्चालनामा रहेका १९ जीवन बीमा कम्पनीले तीन अर्ब ७२ करोड ७९ लाख रुपियाँ भन्दा धेरै नाफा कमाएका छन् । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीहरुले यो नाफा आर्जन गरेका हुन् । जीवन बीमा कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्मको भन्दा १२ प्रतिशत भन्दा धेरैले बढेको हो । अघिल्लो आर्थिक वर्षको यस अवधिसम्म यी कम्पनीहरुको नाफा तीन अर्ब ३२ करोड रुपियाँ थियो ।

यस अवधिसम्म आउदा सबै भन्दा धेरै नाफा भएको जीवन बीमा कम्पनी नेपाल लाईफ इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीले यस त्रैमाससम्म ५३ करोड ५९ लाख ४३ हजार रुपियाँ नाफा कमाएको छ । कम्पनीको नाफा अघिल्लो वर्षको यसै अवधिभन्दा १.०५ प्रतिशत धेरै हो । यस कम्पनीले बिमांकीय मूल्यांकनपछि प्राप्त हुने नाफा भने गणना गरेको छैन । यस्तो नाफा गणना पछि कम्पनीको नाफा केहि घटबढ हुने देखिन्छ । 

Advertisement

असार मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै नाफा बढाउन सफल जीवन बीमा कम्पनी प्रभु लाइफ इन्स्योरेन्स रहेको छ । यस कम्पनीले यस अवधिसम्म खुद नाफा २८३.४७ प्रतिशतले बढाएर १७ करोड ६ लाख ३१ हजार रुपियाँ पुर्याउन सफल भएको छ । यस अवधिसम्म आउदा सञ्चालनमा रहेको १९ जीवन बीमा कम्पनीमध्ये ४ बीमा कम्पनीको नाफामा गिरावट आएको छ । नाफा घट्नेजीवन बीमा कम्पनी मेट लाईफ, युनियन लाईफ, सनलाईफ र राष्ट्रिय बीमा संस्थान रहेका छन् । 

 नाफा हजार रुपियाँमा   

कुन कम्पनीको प्रतिशेयर आम्दानी कति? 

आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तसम्म नेप्सेमा सूचिकृत भएका ११ जीवन बीमा कम्पनी रहेका छन् । यस अवधिसम्म आउदा नेप्सेमा सूचीकृत भएर दोस्रो बजारमा कारोबार भईरहेका ४ कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) अघिल्लो वर्षको यसै अवधिको भन्दा घटेको छ । यस्तै, ४ कम्पनीको प्रतिसेयर आम्दानी बढेको छ । बाँकी कम्पनी भने गत आर्थिक वर्षमा आईपीओ निष्काशन गरेर दोस्रो बजारमा कारोबार हुन थालेको हो । 

हालसम्मको प्रतिसेयर आम्दानी हेर्ने हो भने सबैभन्दा धेरै आम्दानी सूर्य लाईफ इन्स्योरेन्स कम्पनीको छ । यस कम्पनीले अघिल्लो वर्षको यसै अवधिमा १२ रुपियाँ १९ पैसा रहेको प्रतिसेयर आम्दानी २ रुपियाँ १ पैसाले बढाएर १४ रुपियाँ २९ पैसा पुर्याउन सफल भएको हो । यस त्रैमाससम्म आउदा अधिकांश कम्पनीले बिमांकीय मूल्यांकनपछि प्राप्त हुने नाफा आफ्नो वित्तीय विवरणमा  जोडेका छैन्न । यस कारण यो मूल्यांकनपछि यी कम्पनीको नाफा/घाटा, प्रतिसेयर आमदानी, प्रतिसेयर नेटवर्थलगायतका प्रमुख सूचकहरुमा घटबढ हुन सक्छ ।

प्रतिशेयर आम्दानी 


 

Advertisement

Advertisement