आजबाट पोखरामा पनि डिशहोम फाइबरनेट, कुन कुन ठाउँमा हुन्छ जडान ?

Advertisement

काठमाडौं । डिशहोम फाइबरनेट सेवा पोखरामा पनि विस्तार भएको छ । मुलुकका प्रमुख शहरहरूमा सेवा विस्तार गर्ने डिशहोमको योजनाअनुसार मंगलबार पोखरामा पनि यो सेवा सुरु गरिएको हो । पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले सेवा शुभारम्भ गरेका थिए । 

डीटीएच प्रविधिमा आधारित टेलिभिजन सेवा प्रदान गर्दै आएको डिशहोमले आफ्ना ग्राहक नेटवर्क तथा अन्य ग्राहकहरूलाई समेत लक्षित गरेर इन्टरनेट सेवा पनि सुरु गरेको हो । पोखरामा विस्तारित सेवा बगर, सिम्पानी, नदिपुर। बिन्धवासिनि, बाग्लुङ बसपार्क, मिरुवा, तेर्सापट्टि, गौह्रापाटन, महेन्द्रपुल, चिप्लेढुंगा, फुलवारि, रानीपौवा, माटेपानी, हस्पिटल चोक, अमरसिंह चोक, रामघाट, बुद्धचोक, न्यूरोड, नयाँबजार, मालेपाटन, पस्र्याङ, मासवार, जिरो किमी, सिर्जनाचोक, रत्नचोक, एयरपोर्ट र पृथ्वीचोकमा जडान गरिने छ ।  

Advertisement

Advertisement