एमसीसी टोलीले प्रचण्डलाई भेट्यो, दलहरूबीच सहमतिपछि मात्रै अनुमोदनः प्रचण्ड

Advertisement

काठमाडौँ । सम्झौता अनुमोदनका लागि वातावरण बनाउन आएको अमेरिकी संस्था एससीसीको टोलीले शुक्रबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ । 

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोलीले खुमलटार पुगेर प्रचण्डले भेटेको हो । यसअघि उक्त टोलीले बालकोट पुगेर एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरेको थियो । 

Advertisement

प्रचण्डसँगको भेटमा एमसीसी पारित गर्ने विषयमा छलफल भएको बुझिएको छ । फतिमाले एमसीसीबारे आश्वस्त पार्ने प्रयास गरेकी थिइन् । 

प्रचण्डले भने एमसीसी सम्झौतामा राष्ट्रिय सहमति हुनुपर्ने औंल्याएको उनीनिकट स्रोतले जनाएको छ । उनले एमसीसी पास गर्ने कुरामा विवाद रहेको जानकारी दिँदै कम्तीमा सत्तारूढ दलहरूबीच एकमत हुनुपर्ने जरुरी रहेको बताएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताएका छन् । 

एमसीसी टोलीले नेकपा एसका अध्यक्ष माधव नेपाल,  जनता समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराई, प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालाई भेट्ने कार्यक्रम छ ।

Advertisement

Advertisement