सेन्ट्रल फाइनान्सको डीसीईओमा विनोद नरसिंह श्रेष्ठ नियुक्त

Advertisement

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा विनोदनरसिंह श्रेष्ठ नियुक्त भएका छन् । उनले सन् १९९७ मा हिमालयन बैंकको अधिकृतस्तरबाट बैकिङ क्षेत्रमा प्रवेश गरेका थिए ।

श्रेष्ठसँग बैंक अफ काठमाण्डू, कुमारी बैंक लगायतका वाणिज्य बैंकको व्यवस्थापन तहमा दुई दशकभन्दा बढि काम गरेको अनुभव छ । त्यस्तै, कृषि विकास बैंकको ग्रामिण वित्त क्षेत्र विकास क्लस्टर कार्यक्रममा उनी बजार सल्लाहकारको रूपमा समेत सहभागी छन् । श्रेष्ठले व्यवसाय प्रशासनमा स्नाकोत्तर एमबीए तथा शैक्षिक नेत्तृत्व विषय मानविकी संकायमा एमफिल समेत गरेका छन् ।

Advertisement

उनले सेन्ट्रल फाइनान्समा मंसिर २७ गते सोमबारबाट आफ्नो कार्यभार सम्हालेका हुन् । 

Advertisement