पल शाहविरुद्ध गायिका समीक्षा अधिकारीको जाहेरी

Advertisement

काठमाडौं । गायिका समीक्षा अधिकारीले नायक पल शाहविरुद्ध तनहुँ प्रहरीमा किटानी जाहेरी दर्ता गराएकी छन् । 

आफूविरुद्ध जबर्जस्ती करणी मुद्दामा उनले उजुरी दर्ता गराएकी हुन् । प्रहरीले दिदी र भिनाजुसहित बुधबार जिल्ला प्रहरी कार्यालय आएर समीक्षाले उजुरी दर्ता गरेकी हुन् । 

Advertisement

समीक्षा र पलको सम्बन्धका बारेमा लामो समयदेखि चर्चा हुँदै आएको थियो । यस घटना बाहिरिएसँगै सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ । कतिपयले नायक पल शाहलाई दोषी औंल्याउँदै कडा कारवाही हुनुपर्ने तर्क अघि सारेका छन् भने कतिपयले समीक्षाको कमजोरीको रुपमा टिप्पणी गरेका छन् । 

Advertisement

Advertisement