इनरुवामा डिशहोम फाइवरनेटको सह–वितरण शोरुम

Advertisement

काठमाडौं । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले इनरुवामा पनि सह–वितरण शोरुमको शुभारम्भ गरेको छ । कम्पनीले शनिबार आयोजित कार्यक्रममा सो शोरुम सञ्चालनमा ल्याएको हो । 

डिशहोम फाइवरनेट बिक्री तथा बिक्री पछिको सेवा प्रदान गर्न सुरु गरिएको सो शोरुमको संचालन खुस्बु ईनटरप्राइजेजले गर्नेछ । उद्घाटनका क्रममा डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्य, क्षेत्रीय बिक्री प्रबन्दक विपिन्द्र न्यौपाने सेल्स अफिसर मनोज रिजाल, जीवन वन्जारा असोसिएट ब्रान्ड अफिसर दिनेश रतन उपस्थित थिए । 

Advertisement

खुस्बु इन्टरप्राइजेजले विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा, ग्राहकहरुमाझ पुर्याउँदै आएकोले अब डिशहोम फाइवरनेट बिक्री र बिक्री पछिको सेवा पनि गर्नेछ ।

एक हजारभन्दा धेरै ग्राहकलाई डिशहोम फाइवरनेटको सेवा उपलब्ध गराइसकेको खुस्बु इन्टरप्राइजेजले अब अझ बढी ग्राहकहरुको माझ पुग्नको लक्ष्यका साथ काम गर्ने खुस्बु इन्टरप्राइजेजका संचालक सन्दीप क्षेत्री र जीवन श्रेष्ठले जानकारी दिए । 

Advertisement