Advertisement

काठमाडौं । गायक प्रकाश सपुतको नयाँ लोकप्रिय गीत सार्वजनिक भएसँगै माओवादी केन्द्रमा छटपटी देखिएको छ । ‘पीर’ बोलको गीतले माओवादीको नाममा भएको १० बर्षे द्धन्द्धमा सहभागीहरुले भोग्नुपरेको पीडालाई प्रस्तुत गरिएको छ । 

गीत सार्वजनिक भएपछि माओवादी केन्द्रनिकट वाईसीयल इञ्चार्ज  नेता रामप्रसाद सापकोटा दीपशीखा, अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चासिंहले गीतको आलोचना गर्दै यूट्युवबाट हटाउन दबाब दिएका छन् । गीतमा माओवादी जनयुद्ध लड्ने महिला छापामारको अभावलाई देह व्यापारमा लगेको जसरी चित्रण हुनु दण्डनीय भएको तर्क गरिएको छ ।

Advertisement

एक महिला छापामारको अभावलाई देह व्यापारमा लगेर चित्रण गरिनु आपत्तिजनक उनीहरुको तर्क छ । देवकोटाले गीत युट्युवबाट हटाउन चेतावनी दिएका छन् । पञ्चासिंहले माओवादी लडाकुहरुको व्यवस्थापन हुन नसकोको स्वीकार गरे पनि देह व्यापारको कुरा जोडिएकाले त्यसलाई हटाउनुपर्ने तर्क गरेकी छन् । 

Advertisement

Advertisement