नवीकरणीय ऊर्जा प्रदर्शनी पुस १७ गतेबाट, ‘उर्जाको प्रमुख स्रोत नवीकरणीय उर्जा हुनसक्छ’

Advertisement

काठमाडौं । देशले चर्को ऊर्जा संकट भोगिरहेको समयमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पुस १७ देखि १९ गतेसम्म ‘नवीकरणीय ऊर्जा प्रदर्शनी २०७२’ को आयोजना गर्ने भएको छ । 

‘ऊर्जा सुरक्षाको लागि नवीकरणीय ऊर्जा’ सन्देशका साथ मनाउन लागिएको यस प्रदर्शनीमा नवीकरणीय ऊर्जा प्रविधिहरु सोलार, सुधारिएको चुलो, वायोग्यास, लघुजलविद्युत, वायुऊर्जा आदिको प्रदर्शनी तथा नवीकरणीय ऊर्जा सम्बन्धी अन्तक्रिया सञ्चालन गरिनेछन् । 

Advertisement

विद्यमान ऊर्जा संकटलाई सम्बोधन गर्न र दुर्गम क्षेत्रहरुमा प्रविधिको पहुँचमा वृद्धि गर्न नवीकरणीय ऊर्जा प्रविधिहरुको प्रयोगमा व्यापकता ल्याउन सर्वसाधारण जनतालाई जानकारी गराउने तथा नवीकरणीय ऊर्जा सम्बन्धी प्रविधिको प्रचार प्रसार गर्ने, यस क्षेत्रमा निजी क्षेत्र र वित्तीय संघ संस्थाहरुकोे सक्रिय सहभागिता र लगानीको लागि अनुकुल वातावरण सिर्जना गर्ने उद्देश्यका साथ यस प्रदर्शनी मनाउन लागिएको हो । 

हालै सरकारले सुरु गरेको सहरी क्षेत्रमा अनुदान र सुलभ कर्जा सहितको सौर्य ऊर्जा प्रणाली, फोहोर मैलाबाट ऊर्जा उत्पादन र घरायसी ग्यासीफायर जस्ता नवीवतम प्रविधि र जडान प्रक्रियाको वारेमा समेत जान्न सकिने केन्द्रले जनाएको छ ।  

प्रधानमन्त्री केपी ओलीबाट उदघाटन हुने प्रदर्शनी भृवmुटीमण्डप आयोजना हुनेछ । प्रदर्शनीमा सोलार, लघु जलविद्युत, जैविक ऊर्जा, वायो ग्यास, वायु ऊर्जा जस्ता प्रविधिका साथै वित्तीय संघसंस्था, प्रविधिमा अनुसन्धानरत निकाय गरी १२५ स्टलहरु राखिने छन् ।

साथै, प्रदर्शनीमा सरकारको नवीकरणीय ऊर्जासम्बन्धी नीति, विभिन्न विश्वविद्यालयद्वारा यस क्षेत्रमा गरिएका अध्ययन अनुसन्धान, नवीकरणीय ऊर्जा प्रविधिमा काम गरिरहेका कम्पनी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबारे जानकारी लिन दिन सकिनेछ । 

विभिन्न कम्पनीहरुले आफुले उत्पादन तथा आयात गरेका नवीकरणीय ऊर्जा प्रविधिसँग सम्वन्धीत उपकरण तथा सामानहरु सुलभ मूल्यमा बिक्री गर्न सकिने केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले जानकारी दिए । प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ ।

नवीकरणीय ऊर्जालाई ऊर्जाकै प्रमुख स्रोतको रुपमा विकसित गर्न अझै नसकिएको बेला सरकार र अन्य वित्तीय संस्थाको ध्यान भने साना तथा मझौला जलविद्युत आयोजनामा मात्रै गएको छ । यस बेला हुन लागेको प्रदर्शनीले नवीकरणीय ऊर्जाको बारेमा थप सकारात्मक धारणा विकास हुने विश्वास केन्द्र धितालको छ । 

उनका अनुसार पातलो तथा छरिएर रहेका नेपालका वस्तीमा राष्ट्रिय प्रशारणमार्पmत् विद्युतीकरण सहज छैन । ठूला परियोजनाहरु आर्थिक हिसाबले पनि खर्चिलो र निर्माण हुन समय लाग्छ । यस्तो परिस्थितिमा नवीकरणीय ऊर्जा प्रविधिको विकास नै राम्रो विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ भन्ने कुरालाई सबै सामु पु¥याउन समेत यो प्रदर्शनी मनाउन लागिएको हो । 

हालसम्म सरकार र विभिन्न विकास साझेदारीहरुको सहयोगमा सञ्चालित कार्यक्रमहरुमाार्फत लघु जलविद्युतबाट करिब २६ मेगावाट विद्युत उत्पादन गरेको छ भने झण्डै तीन लाख ५० हजार वायोग्यास प्लान्ट, करिब सात लाख सौर्य विद्युत प्रणाली र करिब १२ लाख सुधारिएको चुलो निर्माण गरिसकेको केन्द्रको तथ्याड.क छ । नवीकरणीय ऊर्जा प्रविधिमार्फत् देशका करिव ३० लाख भन्दा बढि घरधुरी लाभान्वित भइसकेका छन् ।   

Advertisement

Advertisement