पूर्व अर्थमन्त्री महतलाई ‘फाइनान्स मिनिष्टर अफ द इयर २०१६’ अवार्ड

Advertisement

काठमाडौं । लण्डनस्थित द फाइनान्सियल टाइमको सहप्रकाशन द बैंकरले पूर्वअर्थमन्त्री डा. रामशरण महतलाई ‘सन् २०१६ को उत्कृष्ट अर्थमन्त्री’ (फाइनान्स मिनिष्टर अफ द इयर २०१६) घोषणा गरेको छ । 

द बैंकरले प्रत्येक बर्ष दिदै आएको यो पुरस्कार यसपटक महतलाई प्रदान गर्न लागेको हो । आफ्नो ९०औं वार्षिकोत्सवमा विश्वभरका बैंकर तथा अर्थशास्त्रीबीच सर्बेक्षण गरी द बैंकरले महतलाई एसिया प्रशान्त क्षेत्रका मुलुकमध्ये उत्कृष्ठ अर्थमन्त्री र समग्र विश्व क्याटेगोरीमा पनि उत्कृष्ठ अर्थमन्त्री घोषणा गरेको जनाइएको छ ।

Advertisement

बैंकरले विगत १४ बर्षदेखि उत्कष्ठ अर्थमन्त्री र उत्कष्ठ गभर्नर पुरस्कार प्रदान गर्दै आएको छ । बैंकरका अनुसार महत एसिया प्रशान्त क्षेत्र र विश्व क्याटेगोरीमा उत्कृष्ठ अर्थमन्त्री पुरस्कार पाउने दक्षिण एसियामै पहिलो व्यक्ति हुन ।
केही हप्ताभित्रै लण्डनमा विशेष कार्यक्रमको आयोजना गरी उनलाई उक्त पुरस्कार हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ । 

नेपालको अर्थतन्त्रमा गरेको सुधार र विशेषगरी भूकम्प पछिको पुननिर्माणका लागि अर्थमन्त्रीका हैसियतले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकृष्ट गरी स्रोत परिचालन गर्न सफल भएको र भूकम्पपछि उत्पन्न नेपालका चुनौती परिभाषित गरी अर्थतन्त्रको बचाउका लागि निर्बाह गरेको द बैंकरले जनाएको छ । 

उसका अनुसार नेपालमा भूकम्प गएको एक हप्ताभित्रै अजरबैजानको बाकुमा आयोजित एसियाली विकास बैंकको वार्षिक बैठकमा उपस्थित अन्तर्राष्ट्रिय समुदायसमक्ष महतले विश्वकै ध्यान खिच्नेगरी प्रभावकारी प्रस्तुति दिएका थिए । 

 

Advertisement

Advertisement