सेञ्चुरी बैंक ग्राहकलाई सिद्धार्थनगर सिटी अस्पतालमा १० प्रतिशतसम्म छुट दिने सम्झौता

Advertisement

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक भैरहवा शाखा र सिद्धार्थनगर सिटी अस्पतालबीच कर्मचारी तथा ग्राहकको उपचार सेवा सम्बन्धी सम्झौता भएको छ ।

बैंक र अस्पतालबीच विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको हो ।

Advertisement

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ्ग प्रयोगकर्ता, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई सिद्धार्थनगर सिटी अस्पतालमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको हो । 

ओपिडी टिकट, ल्याव शुल्क, एक्सरे, भिडियो एक्सरे, बेड चार्ज जेनेरल, फिजियो थेरापीमा १० प्रतिशत र बेड/क्याविन चार्जमा ५ प्रतिशत छुट दिने सम्झौता भएको छ । 

उक्त सम्झौतापत्रमा सिद्धार्थनगर सिटी अस्पतालका प्रवन्ध निर्देशक अर्जुन पौडेल र बैंकका भैरहवा शाखा प्रमुख प्रकाश गौतमले हस्ताक्षर गरेका छन् । 

बैंकले१४५ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।  

Advertisement

Advertisement