पेट्रोलमा प्रतिलिटर रु. २ र डिजल तथा मट्टितेलमा रु. ९–९ रुपियाँ मूल्यवृद्धि

Advertisement

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा पुनः मूल्यवृद्धि गरेको छ । सोमबार रातिबाट लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्यवृद्धि गरेको हो । 

जसअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपियाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपियाँ र आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर ५ रुपियाँ मूल्यवृद्धि गरेको छ । 

Advertisement

अब पेट्रोलको मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १९० पुगेको छ ।

Advertisement

Advertisement