नेपाल लाइफ इन्स्योरेन्स घाटामा, बीमा शुल्क बढ्यो

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले ३५ करोड २७ लाख रुपियाँ नोक्सानी व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ५३ करोड ५९ लाख रुपियाँ खुद नाफा कमाएको थियो।

इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै यस्तो जानकारी दिएको हो। यस अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क भने ९.४४ प्रतिशत बढेको छ। त्यसैगरी, इन्स्योरेन्सले सो अवधिसम्ममा जीवन बीमा धितोबापत २४ अर्ब ७६ करोड ९६ लाख रुपियाँ कर्जा प्रवाह गरेर २ अर्ब ३८ करोड ९० लाख रुपियाँ आर्जन गरेको छ।

Advertisement

असार मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ४ रुपियाँ ३० पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १७३ रुपियाँ ८२ पैसा रहेको छ।

Advertisement

Advertisement