भरत महर्जनको अध्यक्षतामा सुमेरु अस्पतालमा नयाँ कार्यसमिति चयन

Advertisement

काठमाडौं । सुमेरु अस्पताल प्रालिको वार्षिक साधारणसभाले शुक्रबार भरत महर्जनको अध्यक्षतामा सात सदस्य संचालक समिति गठन गरेको छ । उनी यसअघि पनि अध्यक्ष थिए । 

महर्जन सर्वसम्मतरुपमा पुनः चयन गरिएको हो । अस्पतालका अरु सञ्चालकहरुमा हेमराज दाहाल, डा. डिभी कार्की, संचालक दिलिप डंगोल, सुनिल डंगोल, रमेश महर्जन, विनोद आचार्य, सगुना मानन्धर रहेका छन् । 

Advertisement

अस्पतालका अध्यक्ष महर्जनले आफूहरुले दिँदै आएको सेवा सुविधालाई अझ गुणस्तरीय र विश्वसनीयता बनाउने बताए । विगत २४ वर्षदेखि सञ्चालित सुमेरु अस्पताल ललितपुरवासीसहितका जनसमुदायको सेवामा निरन्तर लागिपरेको बताउँदै उनले अस्पतालमा ओपीडी, इमर्जेन्सी, शल्यक्रिया, सघन उपचार सेवाहरु सर्वसुलभरुपमा प्रदान गर्दै आएको बताए । 

महर्जनले सुमेरु अस्पताल आधुनिक, विश्वसनीय र गुणस्तरीय स्वास्थ्य सेवा दिन अग्रसर र प्रतिबद्ध रहेको बताए । उनले सोही कारण अस्पतालले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (आईएसओ)समेत प्राप्त गरेको बताए । 

अस्पतालकै लागि भनेर पूर्वयोजनानुसार निर्माण गरिएको भवन तथा अन्य भौतिक पूर्वाधार तयार गरिएको महर्जनले बताए । सुमेरुले आईएसओ चिन्ह प्राप्त गरेको पनि बताए । महर्जनले अस्पतालको सेवा, सुविधालाई अझ थप विस्तार गरेर लैजाने योजना रहेको पनि बताए । 

Advertisement

Advertisement