केही बर्षमा जनतालाई सित्तैमा बिजुली दिनसक्छौंः घिसिङ

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भविष्यमा विद्युत जनतालाई निःशुल्क दिन सकिने बताएका छन् । 

आइतबार उर्जा मन्त्रालयमा उनले जनतालाई सित्तैमा बिजुली दिन सकिने आधार बन्दै गएको भन्दै त्यसअघि आगामी केही बर्ष विद्युत पूर्वाधारमा ठूलो लगानी गर्नुपर्ने जरुरी रहेको बताए । 

Advertisement

घिसिङले सबैले विद्युत महशुल तिर्नुपर्ने बताउँदै उद्योगहरुलाई डिमाण्ड शुल्क छुट दिन नसकिने संकेत गरे । उनले अहिलेसम्म करिव ९३ प्रतिशत  विद्युतको पहुँच पुगेको दावी गर्दै आगामी २ वर्षमा सरकारले शतप्रतिशत विद्युतको पहुँच पुर्याउने लक्ष्य सरकारले लिएको बताए । 

घिसिङले चालु आर्थिक वर्षमा नेपाल भारतसँग बिजुलीको ‘नेट एक्सपोर्टर’ हुने दाबी गरे । उनले पछिल्लो ८५ दिनमा भारतमा विद्युत निर्यात गरेर ६ अर्ब रुपियाँ आम्दानी गरेको सुनाउँदै कात्तिकसम्म नै भारतमा बिजुली निर्यात गर्न सकिने बताए । 

घिसिङले अहिले रातिको समयमा केही घण्टामा प्रतियुनिट  १२ भारतीय रुपियाँ र औसतमा प्रतियुनिट रेट ६ भारतीय रुपियाँसम्म निर्यात भइरहेको बताए । उनले पछिल्लो समय नेपालमा पनि विद्युतको माग अत्याधिक रहेको बताए । उनले अहिले उत्पादन भएको  १०० प्रतिशत विद्युत खपत भइरहेको दावी पनि गरे । 

Advertisement

Advertisement