प्रभु बैंकका ग्राहकलाई लिलावती हस्पिटलमा १५ प्रतिशत छुट

Advertisement

काठमाडौँ । प्रभु बैंक र सर्लाहीस्थित लिलावती हस्पिटलबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

बैंकका तर्फबाट हरिवन शाखा कार्यालय प्रमुख श्री मनोज कुमार साह र लिलावती हस्पिटलका तर्फबाट निर्देशक डा. किशोर साहद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

Advertisement

बैंक र उक्त हस्पिटलबीच सम्पन्न सम्झौता अनुसार बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहहेका सम्पूर्ण ग्राहकहरुले लिलावती हस्पिटलद्धारा सञ्चालित ९ल्याब, एक्स( रे, अल्ट्रा साउण्ड, अपरेशन (सी.एस्, टि.ए.एच्) र नर्मल डेलिभरी सेवामा १० प्रतिशतका साथै  आइपीडी (बेड चार्ज), एनआइसीयु सेवामा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् ।  
 

Advertisement

Advertisement