ग्रामीण भेगका विपन्नको मानसिक स्वास्थ्य सुधारमा सघाउँदै ‘युनिटी हेल्थ नेपाल’

Advertisement

काठमाडौं । ‘युनिटी हेल्थ नेपाल’ मानसिक स्वास्थ्य सुधारका लागि कार्यरत संस्था हो । उक्त संस्थाले स्थानीयस्तरमा काम गर्ने नर्सहरुलाई र आवश्यकताअनुसार स्वास्थ्य संस्थामा गएर तालिम दिदैँ आएको छ । 

प्रायः यस्तो तालिम नेपालका ग्रामीण भेगमा दिने गरिएको छ । तालिमले आर्थिक अवस्था कमजोर भएकालाई लाभ पुग्ने बताइएको छ । अहिले हजारौंको संख्यामा मानसिक रोगीहरु बढेको अवस्थामा युनिटी हेल्थ नेपालले त्यस्ता यसको रोकथामका लागि आवश्यक तालिम दिने गरेको छ । 

Advertisement

संस्थाले विभिन्न सहयोगीदाताहरुबाट पाएको सहयोगलाई मानसिक रोगीको उपचारका लागि सहयोग स्वरुप दिँदै आएको जनाएको छ ।

साथै, राजधानीभित्रका ७२ वटा रेष्टुरेन्टले समेत सो संस्थालाई सहयोग गर्दै आएका छन् । हिजो शनिवार अन्तर्राष्ट्रिय जीवन विश्लेषक तथा थेरापिस्ट नौरिन लरीले  एक कार्यक्रममा सकारात्मक सोचाईले जीवनलाई सकारात्मक मार्ग प्रदान गर्ने बताइन् ।

त्यस्तै, युनिटी इन हेल्थमा आवद्ध कर्मचारी सिवानी वैष्णले मानिसको भावनात्मक संवेदनाको सही एकीकरण गर्न सकेमा मानसिक स्वास्थ सुधार हुँदै जाने बताईन । 

Advertisement

Advertisement