तास खेलेर बित्यो सिलवालको दशैं, भारतोलनका खेलाडी कसरी पुगे सरकारी सेवामा ?

Advertisement

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य सिलवालले आफूले विगतमा मनाउने दशैं र वर्तमान समयमा मनाईने दशैमा धेरै भिन्नता पाएको बताएका छन् । उनले विगतका दशैंमा अहिलेको भन्दा रमाईलो हुने प्रतिक्रिया दिएका हुन् । 

हाल उनको उमेर ६० नाघिसकेको छ । कपाल सेतै भईसक्दासम्म सिलवालले थुप्रै दशैं मनाएको र सरकारको विभिन्न निकायमा काम गरेको अनुभव सुनाए । 

Advertisement

सिलवालको बाल्यकाल तराईमा बितेको थियो । ठूलो परिवारमा हुर्किएका उनी वीरगञ्ज उप–महानगरपालिका–१७ स्थित अलौं गाउँमा जन्मिएका हुन । 

वीरगञ्ज औधोगिकीकरण हुनुभन्दा पहिला अलौंमा भन्सार, जेल, बारुण यन्त्रका लागि प्रसिद्ध रहेको यो ऐतिहासिलक गाउँ भएको उनको तर्क छ । जंगबहादुर राणाको पालामा राजेन्द्रबिक्रम शाहलाई झ्यालखानामा हालेको ठाउँ भएकाले पनि अलौं गाउँ विशेष मानिन्छ । 

वीरगञ्जको अस्थित्व नहुँदा पर्सा जिल्लाको ठूलो बजार र भन्सार रुपमा प्रसिद्ध ठाउँमा सिलवाल हुर्किएका हुन् । उनले गाउँको स्कूलमा पाँच कक्षासम्म पढें भने एसएलसी वीरजञ्गकै ठाकुरराम क्याम्पसमा पढे । 

त्यसपछि उनी काठमाडौं आएर स्नाकोत्तर अध्ययन सुरु गरे । सँगै सिलवाल भारत्तोलन खेलमा पनि लागे । भारत्तोलन उनले राष्ट्रिय खेलाडीसम्म बन्ने मौका पाए । तालिमकै लागि रुससम्म जाने अवसर प्राप्त गरे । हेटौंडामा भएको प्रथम नगर खेलकुदमा भारतोलनतर्फ उनी प्रथम भए । 
 
साथै, काठमाडौं आएर पढाई र कामको खोजीका लागि संघर्ष गर्नुपरेको अनुभव सुनाउँदै सिलवालले पहिलो जागिर तत्कालिन शाही नेपाल वायुसेवा निगममा खाए । स्थायी पदपूर्तिमा अधिकृत तहमा एक नम्बरमा उनको नाम निस्किएको थियो । त्यसपछि लेखा अधिकृतमा नाम निकालेर महालेखापरीक्षकको कार्यालयमा काम गरे । त्यही दौरानमा अर्थमन्त्रालयमा पनि काम गरे । २०४७ सालमा सरुवा भएर सिलवाल धनगढीको गोदावरी पुगे र त्यहाँ तीन वर्ष बिताए । 

उपसचिवमा बढुवा भएसँगै काठमाडौं फर्किएका सिलवाल सूचना तथा सञ्चार मन्त्रालयमा काम गरे । त्यसपछि स्थानीय विकास मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, शान्ति कोषको सचिवालय, माओवादी सेना समायोजन कोषमा उनले काम गर्ने अवसर पाए । त्यसै बीचमा सिलवाल सहसचिव पनि भइसकेका थिए । २०६८ सालमा सचिव भइसकेपछि अर्थसचिव जिम्मेवारी पनि निर्वाह गरे । त्यसपछि सूचना तथा सञ्चार मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, उद्योग मन्त्रालयको सचिव भएर अवकाश पाएका सिलवाल चार बर्षपछि बीमा समितिको अध्यक्षको रुपमा पुनः राजनीतिको नियुक्ति पाउन सफल भएका हुन् । 

हरेक वर्ष आफ्नो गाउँ वीरगञ्ज पुग्ने गरेका सिलवाल यस बर्ष भने दशैंमा आमाको निधन भएकाले गाउँ गएनन् । आमाको निधन भएको एक बर्ष पनि पूरा नभएकाले उनले टीका लगाउन नपाए पनि दाजुभाई भेट भएर तास खेलेर बिताए । 

सिलवाल भने,‘दशैं भनेको ठूलो चाड हो । मानिसहरुले आ–आफ्नो तरिकाले रमाइलो गर्छन् । दाजुभाईसँग बस्दा मलाई चाहिं तास खेल्न रमाईलो लाग्छ ।’ सिलवालले दशैंमा काठमाडौंभन्दा वीरगञ्जमा रमाइलो हुने अनुभव पनि सुनाए । 

Advertisement

Advertisement