नवौं राष्ट्रिय खेलकुदमा खेलाडीको मृत्युपछि देशैभरीका प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध

Advertisement

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदका क्रममा पोखरामा आइतबार एक खेलाडीको प्याराग्लाइडिङ उडानका क्रममा खसेर मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभरका प्याराग्लाइडिङ उडानहरु अनिश्चितकालका लागि बन्द गरेको छ । 

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार व्यवसायिक, मनोरञ्जनात्मक र खेलकुदजन्य उडानहरु अर्को व्यवस्था नभएसम्मका लागि देशैभरी रोक्का गरिएको हो । 

Advertisement

उनले प्याराग्लाइडिङ उडानलाई कसरी सुरक्षित बनाउने र ऐन नियममा समेत सुधार गर्न अध्ययन गर्न अहिलेलाई सबै उडान रोक्का गरिएको बताए । 

Advertisement

Advertisement