कांग्रेसको घोषणापत्र यथार्थपरक रहेको स्वर्णिम वाग्लेको दावी, ‘मनगणन्ते कुरा राखेका छैनौं’

Advertisement

ललितपुर । नेपाली काँग्रेसका नेता स्वर्णिम वाग्लेले सो पार्टीको घोषणापत्र यथार्थपरक रहेको दाबी गरेका छन् । शनिबार घोषणापत्र सार्वजनिक कार्यक्रममा उनले वास्तविकताप्रति बलियो चेत भएको संकल्पपत्र आएको दावी गरे । 

वाग्लेले दिगो विकासका लक्ष्यसँगको तादात्म्यता मिल्ने गरेर संकल्प पत्रमा विकासका लक्ष्यहरु  राखिएको बताउँदै युवा बेरोजगारीको नैराश्यता चिर्नका लागि आर्थिक वृद्धिका नयाँ श्रोतहरुको विषयलाई प्राथमिकता दिएको पनि बताए । 

Advertisement

उनले घोषाणापत्रमा डिजिटलाइजेशन, स्वदेशी उत्पादन, नीतिगत सुधारका विषय र वार्षिक करिव अढाइ लाख नयाँ रोजगारी सिर्जना गर्नसक्ने विश्वसनियताका आधारहरु समावेश गरेको उल्लेख गर्दै भने, ‘घोषणापत्रमा मनगढन्ते कुराहरु राखिने गरिन्छ भन्ने आरोप लागेको छ तर हामीले यसपालि असाध्यै यथार्थपरक कुराहरु मात्रै राखेका छौँ । वास्तविकताप्रति बलियो चेत भएको संकल्पपत्र राखेका छौँ । दिगो विकासका लक्ष्यसँगको तादात्म्यता मिल्ने गरेर संकल्प पत्रमा विकासका लक्ष्यहरु राखेका छौँ ।’ 

वाग्लेले थपे, ‘स्थानीय निर्वाचनमा बोलेका धेरै कुराहरु यहाँ ल्याएका छैनौँ । युवा बेरोजगारीको नैराश्यता चिर्नका लागि आर्थिक वृद्धिका नयाँ श्रोतहरुको विषयलाई प्राथमिकता दिएका छौँ । डिजिटलाइजेशन, स्वदेशी उत्पादन, नीतिगत सुधारका विषय भनेर हामीले वार्षिक करिव अढाइ लाख नयाँ रोजगारी सिर्जना गर्नसक्ने विश्वसनियताका आधारका कुराहरु समावेश गरेका छौँ ।’

कांग्रेसको घोषणापत्रमा तात्कालिक आर्थिक एजेण्डाका रुपमा ५ वटा विषयहरु समावेश गरेको बताउँदै जसमा आायत, वाह्य असन्तुलनको विषय, कर्जा र तरलता, मुद्रास्र्फीतिको विषयहरु रहेको बताए । 

मुद्रास्फीतिको विषय आगामी सरकार बनेको ६ महिना भित्रमा समाधान हुने वाग्लेले दावी गरे । उनले सार्वजनिक आय र खर्च, औद्योगिक पूर्वाधार र नेपाली उत्पादन प्रवद्र्धन र युवाहरुका लागि डिजिटलाइजेशनको विषय तत्काल आर्थिक एजेण्डाका रुपमा पार्टीको घोषणापत्रमा उल्लेख गरिएको बताए । 

उनले वृद्धभत्ता ६८ बाट घटाउँदै ६५ पुर्याउने र कोखदेखि शोकसम्मको अवधारणालाई अझ गतिशील बनाउने कुरा घोषणापत्रमा रहेको बताए । वाग्लेले भने, ‘हामीले तात्कालिक आर्थिक एजेण्डा भनेर ५ वटा विषयमा बोलेका छौँ । एउटा आायतको विषय । बाह्य असन्तुलनको विषय । कर्जा र तरलताको विषय । चर्कंदै गएको मुद्रास्फीतिको विषयमा पनि समाधान गर्न ६ महिनादेखि १ वर्षसम्ममा सम्बोधन गर्नेछौँ । सार्वजनिक आय र खर्च, औद्योगिक पूर्वाधार र नेपाली उत्पादन प्रवद्र्धन र युवाहरुलाई विशेष चासो रहेको विषय डिजिटलाइजेशनको विषय तत्कालै नयाँ कुरा ल्याउने छौँ ।’ 

वाग्लेले थपे, ‘रोजगारी र सीप, स्वच्छ उर्जाको क्षेत्रिय खपत तत्कालिक आर्थिक एजेण्डामा राखेका छाँै । सबै जोखिमपूर्ण चरणमा राज्यको भरथेग हुने हुने अवधारणालाई हामीले गर्भावस्था र मातृत्व बाल पोषणा, शिक्षा, स्वास्थ्य सीपदेखि वृद्धावस्था कभर गरेर वृद्धभत्ता ६८ बाट घटाउँदै ६५ पु¥याउने र मृत्युसंस्कारसम्म पनि कोखदेखि शोकसम्म अवधारणालाई अझ स्पेसीफिक भएर यसपालि लिएर आएका छौँ ।’

नेता वाग्लेले सत्ता स्वार्थका आधारमा बनेको नेपाल कम्युनिष्ट पार्टी आन्तरिक शक्ति संघर्षको कारण विघटन भएको र एमालेले संवैधानिक रुपमा राज्य सञ्चालन गर्न असफल भएको दाबी संकल्पमा रहेको बताए । सार्वजनिक गरिएको घोषणा पत्रमा ३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा दिने लगायतका विषय समावेश गरिएको छ । पाँच वर्षभित्र सबै नेपालीको स्वास्थ्य बीमा गरिने, स्वास्थ्य बीमा गरेका ६५ वर्षमाथिका लागि निःशुल्क स्वास्थ्य सेवा दिइने, उपचार गर्नका लागि कसैले घर खेत बेच्नुपर्ने अवस्थाको अन्त्य गर्ने, बाल मृत्युदरलाई २० प्रतिशतमा झार्ने उल्लेख गरिएको छ । 

यस्तै ३० देखि ३५ वटा ऐन संशोधन वा खारेज गरेर रोजगार सिर्जनाको वातावरण निर्माण गर्ने, वार्षिक २ लाख ५० हजार रोजगारी सिर्जना गर्ने, इन्धन प्रतिस्थापन गर्न विद्युतीय ऊर्जालाई जोड दिने, शैक्षिक क्षेत्रका ८० प्रतिशत क्षेत्रमा इन्टरनेट पुर्याउने योजना छन् । प्रतिदिन सय डलर एक पर्यटकले खर्च गर्ने, १५ दिन नेपालमा बस्ने गरी वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको र त्यसका लागि विमानस्थलदेखि पर्यटकीय क्षेत्रका पूर्वाधार विकास गर्ने काँग्रेसको घोषणापत्रमा समावेश छन् । 

Advertisement

Advertisement