प्राधिकरणले पोखरा विमास्थलको ग्राउण्ड ह्याण्डलिङ नेपाल वायुसेवा निगमलाई नदिने

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमास्थलको ग्राउण्ड ह्याण्डलिङ नेपाल वायुसेवा निगमलाई नदिने र आफैंले गर्ने बताएका छन् । 

बिहीवार गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल भैरहवामा हिमालय एयरलाइन्सको भैरहवा–कुवलालम्पुर उडानको उद्घाटनका क्रममा उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको काम प्राधिकरणले गर्ने बताएका हुन् ।

Advertisement

अधिकारीले पोखरा विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ अरु कसैलाई दिन अवस्थामा प्राधिकरण नभएको स्पष्ट पारेका हुन् । यस विषयमा धेरै विवाद भएका कारण प्राधिकरणले यस्तो निर्णय गर्नुपरेको उनले बताए । 

अधिकारीले भने, ‘नेपाल एयरलाइन्सको ग्राउण्ड ह्याण्डलिङको गुणस्तरमाथि विविध समयमा प्रश्नचिन्ह खडा भएको अवस्था छ । नेपाल एयरलाइन्सले अहिलेसम्म गरिरहेको ग्राउण्ड ह्याण्डलिङलाई हामीले डिस्टर्ब गर्नुपर्छ । यसलाई हटाउनुपर्छ भन्ने मान्यता त छैन । तर त्यो हुँदाहुँदै पनि कानूनप्रदत्त अधिकार कसैको हनन भएको पनि सरकारले हेरेर बस्न सक्दैन । कि कानून संशोधन हुन्छ । कि कानून पालना हुन्छ । भैरहवाको हकमा कमर्सियल चाहीँ उहाँलाई हामी यसै दिन सक्दैनौँ । यो कुरा क्लियर छ कि यसमा प्रतिस्पर्धामा जानुपर्यो । अब यो अवस्थामा गौतमवुद्ध चलाउने शर्तमा र गरिरहेको ग्राउण्ड ह्याण्डलिङ जसले वायुसेवा कम्पनी सञ्चालन गर्छ, उसको यहाँ उपस्थिति नभएको खण्डमा त्यो विषयमा पनि प्राधिकरणले सोच्छ । ग्राउण्ड ह्याण्डलिङ मात्रै गरेर बस्छु भन्ने सुविधा छैन् । हेक्का राख्दा हुन्छ, ग्राउण्ड ह्याण्डलिङ मात्रै गर्छु । जहाज उडाउँदिन भन्ने छुट छैन् ।’ 

उनले थपे, ‘पोखरा अन्तर्राष्ट्रिय विमास्थलको ग्राउण्ड ह्याण्डलिङ अब नेपाल नागरिक उड्डयन प्राधिकरण स्वयम् गर्नेछ । यो कसैलाई दिने अवस्थामा हामी छैनौँ । किनभने यो विषयमा धेरै नै विवाद भो ।  कि यो प्रतिष्पर्धात्मक हुन्छ । कि प्राधिकरण आफ्नो अधिकार प्रयोग गर्छ । नेपालको कानूनले ग्राउण्ड ह्याण्डलिङको जिम्मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दिएको छ । त्यसकारणले पोखराको विमानस्थलमा अब कि प्रतिष्पर्धात्मक हुनेछ । कि प्राधिकरण आफैँले गर्नेछ ।’

अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राम्रोसँग सञ्चालन गर्नका लागि सबै पक्ष जिम्मेवार भएको बताए । विमानस्थल सञ्चालनका लागि पर्यटन प्रवद्र्धन गर्नुपर्ने र देश विदेशमा प्रचार प्रसार गर्नुपर्ने उनले बताए । 

Advertisement

Advertisement