सार्वजनिक यातायातको राम्रो व्यवस्थापन नहुँदा मोटरसाइकलको संख्या निकै बढ्योः बालेन

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले यातायात प्राधिकरणको स्थापना भएपछि काठमाडौं उपत्यकामा हुने सवारी दूर्घटना न्यूनीकरण हुँदै जाने विश्वास व्यक्त गरेका छन् । 

राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा उनले  काठमाडौं उपत्यकामा हुने सडक दूर्घटना न्यूनीकरणका लागि प्राधिकरणसम्बन्धी विधेयक पारित भएको उल्लेख गर्दै प्राधिकरण बनेपछि यस क्षेत्रको सडक दूर्घटना न्यूनीकरण हुँदै जाने बताए । 

Advertisement

शेयर सबै सार्वजनिक सवारी साधनहरुको बराबर हुने गरी प्राधिकरण बनेकाले सवारी साधनहरुबीच अस्वस्थ प्रतिस्पर्धा भई दूर्घटना हुने कुरामा पनि कमी आउने बालेनको विश्वास छ ।  

उनले सार्वजनिक यातायातमा हुने जामका कारण मोटरसाईकल लगायतका दुई पाङग्रे सवारी साधनको चाप बढेको बताए । बालेनले त्यसको व्यवस्थापनका लागि पनि सम्बन्धित पक्षहरुबीच विस्तारै सहकार्य गर्दै लैजानुपर्ने बताए । 

उनले भने, ‘सबै सम्बन्धित निकायहरुले सहकार्य गरेर अघि बढाएर यहाँको सडक दुर्घटनालाई न्यूनीकरण गर्न सक्छौं । अब धेरै कारणहरु छन । बाटोको इन्फास्ट्रक्चरको कारणले हुन सक्ला । ट्राफिक म्यानेजमेन्टको कारणले हुन सक्ला । धेरै पक्षहरु छन । त्यसलाई विस्तारै हामीले मिलाउँदै जाने हो । अब एउटा साधारणमा रुपमा हेर्दा पनि काठमाडौं महानगरपालिकामा चाहिनेभन्दा बढि मोटरसाईकल देख्छौं । यसैकारण धेरै दुर्घटनाहरु हुने गरेको छ । सार्वजनिक यातायातहरुले ठाउँमा समयमै नपुर्याएका कारण पनि मोटरसाईकलहरुको संख्या काठमाडौंमा बढन गएको हो । रिङ रोडमा मात्रै हिसाव गर्दाखेरी अहिलेको जस्तो बसको साईज २ सय जति भए पुग्नेमा २ हजार भन्दा पनि बसहरु गुडेका हुन्छन ।’ 

बालेनले थपे, ‘हामीले एक ठाउँबाट अर्को ठाउँमा पुग्नका लागि होइन कि जाममा बस्नका लागि पैसा तिरिरहेका हुन्छौं । हालै हाम्रो संसदबाट काठमाडौं उपत्यका लागि एउटा यातायात प्राधिकरणको बिल पास भएको छ । जस अन्तरगत चाँही सबैखाले भेहिकल्सहरु एउटै छातामा आएर काम गर्ने जसले गर्दाखेरी कम्पिटीशन रहँदैन । सबैले बराबर सेयर पाउने भएपछि कम्पिटीशन हटछ । रिङ रोडमा २ सय वटा गाडी भए पुग्ने रहेछ । तर हामीले रुट परमिट जतिलाई पनि दिईरहेका छौं । अल बिल पास भएको छ । हामी ट्राफिकसँग पनि सहकार्य गरिरहेका छौं । एक्सिडेन्ट हुने वित्तिकै उपचारका लागि पनि आवश्यक व्यवस्था भईरहेको छ । ती सबै काममा हामीहरु लागि पर्छौं ।’

उनले काठमाडौं उपत्यकाभित्र हुने सवारी दूर्घटनामा परी घाईते भएकाहरुको तत्काल उपचार हुने गरी आवश्यक व्यवस्था मिलाउन पनि प्रयास भईरहेको बताए । 

Advertisement

Advertisement