पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान मंसिर ५ देखि

Advertisement

काठमाडौं । औपचारिक सञ्चालनको अन्तिम तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मंसिर ५ गतेदेखि कमिशनिङ कोल्याब्रेशन (यान्त्रिक परीक्षण) उडान सञ्चालन हुने भएको छ । 

एक सातासम्म सञ्चालन हुने उक्त उडान सञ्चालन गर्न थाइल्यान्डको एरोनोटिकल रेडियो अफ थाइल्यान्ड लिमिटेडको विमान नेपाल आइपुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । 

Advertisement

एरोथाईले क्यालिब्रेसन उडानका लागि अनुमति लिइसकेको बताउँदै उनले उक्र उडान सकेपछि उसले प्रतिवेदन दिने बताए । त्यसपछि पोखरा विमानस्थलमा परीक्षण उडान र व्यवसायिक उडानहरु सुरु हुने भुलको भनाई छ । 

नेपाल आएको एरो थाईको जहाजले विशेष सुविधा र उपकरण जडान भएका काठमाडौं, भैरहवा, पोखरासहित नेपालगन्ज, धनगढी, विराटनगर विमानस्थलहरुको समेत नियमित इन्सफेक्शन गर्नेछ । ती एयरपोर्टहरुको नियमित क्यालिब्रेसन उडानको जिम्मा एरोथाईलाई दिइएको छ । 

थाई कम्पनीको विशेष विमान सुपर किङ एयर विच क्राफ्टले पोखरा विमानस्थलमा जडान भएका उडानसँग सम्बन्धित प्राविधि जाँच गर्नेछ । एरो थाईले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्पेक्शन गरेको छ । 

भुलले भने, ‘नयाँ विमानस्थलमा कम्युनिकेशन, न्याभिगेशन लगायत हवाई उडान र सुरक्षासम्वन्धी प्राविधिक कुराहरुले राम्रोसँग काम गरेको छ कि छैन् ? भनेर विशेष जहाजले जाँच गर्दैछ । त्यसलाई हामी फ्लाइट इन्स्फेक्शन सर्भिस (निरीक्षण सेवा) भन्छौं । एरो थाईको विमान २४ दिन नेपालमा रहेर मंसिर १९ गते स्वदेश फर्किने छ ।

Advertisement

Advertisement