भृकुटीमण्डपमा जुत्ताचप्पल व्यापार मेला, जाडोलाई लक्षित गरी मेला आयोजना गरेका हौंः व्यवसायी

Advertisement

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा अहिले ‘जुत्ता चप्पल व्यापार प्रवर्द्धन मेला’ चलिरहेको छ । नेपालमा उत्पादित जुत्ताचप्पललाई प्रवर्द्धन गर्न  फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशनले आयोजना गरेको यो मेला पुस २ गतेसम्म मेला आयोजना हुनेछ । 

मेलामा अपेक्षाभन्दा धेरै मानिसहरुको उपस्थिति रहेको मेला संयोजक एशोसिएशनका पूर्वअध्यक्ष होमनाथ उपाध्यायले बताएका छन् । उनले जाडो मौसमलाई लक्षित गरी मेला आयोजना गरिएको बताउँदै उपभोक्तालाई १५ देखि ५० प्रतिशतसम्म सहुलियतको व्यवस्था गरिएको बताए । 

Advertisement

एशोसियशनका अध्यक्ष नानीराज घिमिरेले नेपाली जुत्ताचप्पल पनि स्तरीय र गुणस्तरीय र उपभोक्ताको चाहनाअनुसारका विभिन्न मोडलमा नेपालमा उत्पादन हुन्छन् भनेर देखाउन पनि यस मेलाले सहयोग गर्ने बताए । 

उनले तीन हजारभन्दा बढी मोडलका जुत्ताचप्पल एकैठाउँमा उपलब्ध गराइएकाले  ग्राहकलाई जुत्ताचप्पल खरिद गर्न सहज भएको बताउँदै मेलामा रु सयको चप्पलदेखि रु १० हजारको जुत्तासम्म राखिएको बताए । 

मेला बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन भइरहेको छ । मेलामा नेपालमा उत्पादित बिएफ डियरहिल सुज, रोयल सुज, रन सुज, कोशेली, फस्ट वाक, क्रस रोड, केटिएम, भिएनएस, स्टाइल सुजलगायतका ब्राण्ड राखिएका छन् । 

Advertisement

Advertisement