डिशहोमले विश्वकप फुटबल टूके रेजोलुशनमा प्रसारण गर्ने

Advertisement

काठमाडौं ।  डीटीएच प्रविधिमा टेलिभिजन प्रसारण सेवा प्रदान गर्दै आएको डिशहोम मिडिया नेटवर्कले कतार विश्वकप २०२२ टूके रेजोलुशनमा प्रसारण गर्ने जानकारी दिएको छ । 

कम्पनीले ‘फिल द म्याजिक अफ फुटबल इन डिशहोम’ अभियान सुरु गर्दै टूके रेजोलुशनमा विश्वकपको प्रसारण गर्ने बताएको हो । हरेक चार बर्षमा आयोजना हुने विश्वकप फुटबलप्रति नेपालमा पनि निकै क्रेज रहेको छ । 

Advertisement

सामाजिक सञ्जालको लोकप्रियता र फ्यानहरुको गतिविधिलाई मध्यनजर गर्दै डिशहोमले विभिन्न उपहारसहित डिजिटल अभियान पनि सञ्चालन गरेको छ । यस अभियानमा सहभागी हुन डिशहोमको फेसबुक पेजमा गएर #MagicalMomentsof (उनीहरुको मनपर्ने टिम जस्तै, MagicalMomentsofPortugal) प्रयोग गर्नुपर्नेछ । साथै आफूले समर्थन जनाएको देशको म्याजिकल क्षणहरुको भिडियो क्लिप वा फोटो पोस्ट गर्नुपर्नेछ ।

Advertisement

Advertisement