उद्योगीको दबाबपछि मन्त्री बडू भन्छन्– औद्योगिक क्षेत्रको समस्या समाधान गर्न तयार छौं

Advertisement

ललितपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । 

बुधवार नेपाल ट्रेड युनियन काँग्रेसले गरेको कार्यक्रमा उनले उद्योग क्षेत्रमा देखिएका नीतिगत तथा अन्य समस्या समाधान गर्न सरकार तयार रहेको बताएका हुन् । औद्योगिक क्षेत्रमा चर्को भाडा बढाइएको भन्दै यस क्षेत्रभित्रका उद्योगीहरुले विरोधका कार्यक्रमहरुलाई विस्तार गरेपछि सरकार लचक हुने संकेत देखिएको हो । 

Advertisement

मन्त्री बडूले पछिल्लो समय मुलुकको अर्थतन्त्र सुधार गर्न समस्या भएको बताए । उनले सरकारले मुलुकको आयात तथा निर्यातलाई सन्तुलनमा ल्याउन कोशिस गरिरहेको बताउँदै मुलुकभित्र नै औद्योगिक वातावरण बनाएर रोजगारी र उत्पादन बढाउन आवश्यक रहेको बताए । 

बडूले भने, ‘ट्रेड युनियन लामो समयदेखि उद्योग क्षेत्रमा काम गरिरहनुभएको छ । सरकारले कानून बनाउँछ । तर अफ्ठ्यारो कानूनले देखाउँछ भन्नुभएको छ । हामीले यति बेला हाम्रा समस्या कहाँ छन् । समस्या अहिले मुलुकको अर्थतन्त्रलाई सुधार गर्नु हो । मुलुकको आयात तथा निर्यातलाई सन्तुलनमा ल्याउन कोशिस गर्ने हो । मुलुक भित्र नै रोजगारी र उत्पादन बढाउने हो । त्यसको लागि उद्योगहरु भित्र राम्रो लोकतान्त्रिक सम्बन्ध राखेर सरकार जान तयार छ । उद्योग क्षेत्रका श्रमिकदेखि उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार छ । तपाईहरुले उद्योग र श्रमिकका समस्या तथा कानूनमा कहाँकहाँ समस्या रहेका छन् पहिचान गरिदिन आग्रह गर्दछु ।’

Advertisement

Advertisement