सरकारी विद्यालयमा विधार्थीको संख्या घट्दैछ किन ? ‘गुणस्तर सुधार गर्दैछौं’: सुवेदी

Advertisement

काठमाडौं । विगत लामो समयदेखि सरकारी र निजी विद्यालयको शैक्षिक गुणस्तरमा ठूलो अन्तर रहेको भन्दै विभिन्न चर्चा परिचर्चा हुने गरेको छ । 

ठीक यही समयमा काठमाडौं महानगरपालिकाले भने विगतको तुलनामा सरकारी विद्यालयको पठनपाठन शैली, भौतिक पूर्वाधार तथा समग्र गुणस्तरमा केही सुधार भएको दाबी गरेको छ । 

Advertisement

काठमाडौं महानगरपालिका क्षेत्रमा ८९ सामुदायिक र ५२० संस्थागत विद्यालय दर्ता भएका छन् । सामुदायिक विद्यालयमा १८ हजार शिक्षकशिक्षिका रहेका छन् भने ५२ हजार विद्यार्थी अध्ययनरत छन् । निजी विद्यालयमा भने १ लाख २० हजार विद्यार्थी अध्ययनरत रहेको काठमाडौं महानगर शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए । 

यसरी हेर्दा सरकारीमा भन्दा निजी विद्यालयमा विधार्थीहरुको आकर्षण देखिन्छ । तर शिक्षा प्रमुख सुवेदी भने सरकारी विद्यालयको संख्यानै कमी भएका कारण विधार्थीहरुको संख्या कमी भएको दाबी गर्छन् । 

उनी भन्छन्, ‘सामुदायिक विद्यालय थप सञ्चालन गर्दा सरकारी खर्च अझै बढ्छ । नयाँ विद्यालय खोल्नु भन्दा भएका सरकारी विद्यालयमा गुणस्तर बढाउने र निजीसँग मर्ज गर्ने सरकारको मान्यता रहेको छ ।’ 

महानगर अन्तरगत शिक्षा विभागका लागी केन्द्रीय बजेट १ अर्ब १५ करोड संघीय बजेट आउँछ । महानगरका तर्फबाट ४६ करोड छुट्याइएको छ । 

शिक्षा विभाग प्रमुख सुवेदीले भने,‘विगतमा सरकारी विद्यालयको गुणस्तर केही कमजोर भएकाले पनि अहिलेसम्म पनि अभिभावकहरुमा त्यही भावना रहेको हुनसक्छ । तर, तपाईँहरुले हेर्नु भयो भने सरकारी विद्यालयको संख्या कम होला तर गुणस्तर भने सुधार हुँदै गएको अवस्था छ ।’
 

Advertisement

Advertisement