राजस्व संकलनमा भन्सार लक्ष्य भन्दा १ खर्ब ६१ अर्ब, आइआरडी ६८ अर्बले पछि पर्यो

Advertisement

काठमाडौं। सरकारको राजस्व संकलन गर्ने २ मुख्य निकाय आन्तरिक राजस्व विभाग र भन्सार विभाग लक्ष्यभन्दा निकै पछि परेको छ।

 

Advertisement

आयातमा आएको कमि र बजारमा देखिएको आर्थिक मन्दीले दुबै निकाय लक्ष्य भन्दा निकै तल रहेका छन्। चालु वर्षको ७ महिना सकिदा आन्तरिक राजस्व विभाग ( आइआरडी) लक्ष्यभन्दा ६८ अर्बले पछि परेको छ। विभागले चालु वर्षको ६ महिनामा लक्ष्यभन्दा २१.१८ प्रतिशतले कम संकलन भएको हो।

माघ महिनासम्म विभागले ३ खर्ब २० अर्ब राजस्व संकलनको लक्ष्य लिएको थियो। जसमा २ खर्ब ५२ अर्ब ८३ करोड मात्रै संकलन गर्न सफल भएको हो। माघ महिनामा विभागले कुल लक्ष्य ३९ अर्ब ३४ करोडमा ३१ अर्ब ६ करोड राजस्व संकलन गरेको छ। यो लक्ष्यको ७८.७५ प्रतिशत हो।

यो महिना सबैभन्दा धेरै प्रगति शिक्षा करमा भएको छऽ विभागले १३ करोड ७२ लाख कर कुल लक्ष्यमा १४ करोड ५१ लाख संकलन गरेको हो। यसपछि धेरै प्रगति हुनेमा मूल्य अभिवृद्धि कर (भ्याट) मा रहेको छ। यो शिर्षकमा कुल लक्ष्यको तुलनामा ९५ प्रतिशत प्रगति भएको छ। माघ महिनामा ९ अर्ब ५१ करोड कुल लक्ष्यमा ९ अर्ब ४ करोड संकलन भएको हो । यस्तै १२ अर्ब ३६ करोड आयकर लक्ष्यमा १० अर्ब ४४ करोड असुली भएको छ। यस्तै यो महिना ब्याजकर ५५ करोड ९० लाख संकलन भएको छ।

सरकारले निरन्तर कर बढाउँदा अन्तशुल्क शिर्षकमा भने पहिरो गएको छ। यो शिर्षकमा माघ महिनाम लक्ष्यको ५७.४१ प्रतिशत मात्रै संकलन भएको छ। यो शिर्षकमा माघ महिना ९ अर्ब २२ करोड लक्ष्यमा ५ अर्ब २९ करोड मात्रै संकलन भएको छ। यस्तैं स्वास्थ्यकर ६७ अर्ब लक्ष्यमा साढे ३२ करोड मात्रै संकलन भएको छ।

 

भन्सार लक्ष्यभन्दा १ खर्ब ६१ अर्बले पछि

भन्सार विभागले चालु वर्षको ७ महिना सकिदा २ खर्ब १२ अर्ब राजस्व संकलन गरेको छ। यो कुल लक्ष्यको तुलनामा १ खर्ब ६१ अर्बले कम हो। ७ महिनामा विभागले ३ खर्ब ७३ अर्ब ९२ करोड राजस्व संकलनको लक्ष्य लिएको थियो। चालु वर्ष ७ महिनामा ९ खर्ब १९ अर्बको आयात भएको छ। प्रति महिना ‍औषतमा १ खर्ब ३१ अर्ब बराबरको आयात भैरहेको छ। सरकारले वैदेशिक मुद्रा संचितिमा आएको कमिका कारण १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध खुलेपनि आयात भने उल्लेख्य रुपमा बढ्न सकेको छैन।

 

चालु वर्षको सुरुवाती देखि नै माग र आयातमा गरिएको प्रतिबन्धका कारण भन्सार तथा आन्तरिक राजस्व संकलनमा गिरावट आइरहेको छ। ५० वर्षकै इतिहासमा खराब रेकर्ड बनाइरहेको राजस्व ट्रेन्डले सरकारलाई खर्चमा समेत समस्या देखा पर्न थालेको छ। आन्तरिक राजस्व संकलन गतवर्ष भन्दा साढे १ प्रतिशतले कम संकलन भैरहेको छ।

Advertisement