Advertisement

काठमाडौं । खानेपानीमन्त्री अब्दुल खानले खानेपानीमा राजनीति नगर्न नेपाल खानेपानी संस्थानका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । सोमवार संस्थानको वार्षिकोत्सव समारोहमा खानले खानेपानी संस्थानलाई राजनीतिक अखडा बनाए सैह्य नहुने चेतावनी दिए । 

उनले खानेपानी संस्थान आम सर्वसाधारणहरुलाई स्वच्छ र सफा खानेपानी वितरणका लागि निर्माण भएकाले त्यसलाई राजनीतिक अखडा बनाउन नहुने बताए । खानले खानेपानी संस्थानमा बसेर पार्टी र व्यक्तिको लागि राजनीति आफ्नो कार्यकालमा नगर्न चेतावनी दिए । 

Advertisement

खानले पार्टीमा राजनीति गर्न मन लागेको भए फिल्डमै गएर राजनीति गर्न र अरु पार्टीले स्थान नदिए आफ्नो पार्टीमा राम्रो स्थान दिने बताए । उनले कर्मचारीहरुले खानेपानीको सुधार र खानेपानी आम सर्वसाधारणको घरमा पुर्याउनका लागि आन्दोलन गर्नुपर्ने बताए । 

मन्त्री खानले खानेपानीका लागि बजेट नछ्ुट्याए र प्राथमिकतामा नराखे आफै त्यसको नेतृत्व गरेर प्रधानमन्त्री र अर्थमन्त्रीको कार्यालयमा घेर्ने बताए । उनले काभ्रेपलाञ्चोकको पनौतीस्थित खानेपानी संस्थानलाई निजीकरण गर्नेकुरा खानेपानी संस्थानले गरेको भन्दै निजीकरण किन गर्नुपर्ने भन्ने कारणसहित प्रतिवेदन सात दिन भित्रमा पेस गर्न संस्थानलाई निर्देशन दिए । 

मन्त्री खानले खानेपानी संस्थानलाई निजीकरण गर्ने हो भने खानेपानी संस्थानमा रहेका कर्मचारी र सरकारको आवश्यक के हो भन्दै प्रश्न गरे । 

Advertisement

Advertisement