आइडिया स्टुडियोद्धारा छैटौं सिजनका उद्यमीहरुको उत्पादन ‘लन्च’

Advertisement

काठमाडौं । आइडिया स्टुडियोले आफ्नो छैटौं सिजनका आइडियटरले तयार पारेका उत्पादनहरु लन्च गरेको छ । सोमबार सो संस्थाले उनीहरुका आइडिया लन्च गरेको हो । 

कार्यक्रममा आइडिया स्टुडियो सिजन ६ का आइडिएटर उचिता महर्जनको उत्पादन ‘उचित जैविक उद्योग’,  कमला लामाको  उत्पादन ‘ज्याम्बाल कृषि फर्म’, आनन्द कुमार श्रेष्ठ र सुलोचना श्रेष्ठको उत्पादन ‘टमाटार प्युरी’, र सुस्मा राना र अशोक प्रसाद चौधरीको उत्पादन ‘अबिराम एग्रोटेक’ को प्रोडक्क लन्स गरिएको थियो । 

Advertisement

कार्यक्रममा ग्लोबल कलेज अफ टुरिजम एन्ड हस्पिट्यालिटी एजुकेसन (गेट कलेज)का कुरिनरि निर्देशक मायाङ्क गर्ग, गेट कलेजकै फुड एन्ड बेभेरेजका विभागीय प्रमुख ताराजङ्ग थापा, एकेडेमी अफ कुलिनेरी आर्टका इन्फरमेसन टेक्नोलोजी निर्देशक कृष्णराम महर्जन र आईडिया स्टुडियोका कार्यकारी अध्यक्ष डा. छिर्ङि लामा सहभागी थिए । 

उचित जैविक उद्योग कम्पनीले राइस ब्रान्ड, तोरिको पिना, बोन मिल आदिको प्रयोग गरेर उत्पादन नघटाउने किसिमको जैविक मल बनाइरहेका छन् । कम्पनीमा जैविक मल, मल्टिभिटामिन, पशुपालनको लागि जैविक पैष्टिक आहार लगायत वस्तुहरुको उत्पादन भइरहेको छ, जुन बायो प्रडक्ट हो । रसायनिक मलको विस्थापन गर्नु नै उचित जैविक उद्योगको सोच रहेको कम्पनी जनाएको छ । यस  उद्योगको  जैविक मल प्रदेश २ बाट सुचिकरण भएको र प्रतिघण्टा एक टन उत्पादन भइरहेको कम्पनीले जनाकारी दिए ।

त्यस्तै, ज्याम्बाला कृषि फर्म तथा लघु उद्यममार्फत सिजनेबल फलफूल (विषेश गरी लोकल) जुन भोगटे, हलुवावेद, आरु, नास्पाती जलबिरे जस्ता गाउँमा खेर गइरहेका फलफूलका बोक्रादेखि सबै भागको प्रशोधन गरेर नयाँ प्रोडक्ट तयार गरी बजारीकरण गरी आय आर्जन गरिरहेको फर्मले जनाएको छ ।

फलफूलका बोक्रादेखि सबै भागको नयाँ उत्पादनहरु जस्तै भोगटे क्याण्डी, ड्राइ फ्रुट, जाम, अचार जस्ता प्रोडक्टहरु निकालेर बजारमा बिक्री वितरण गर्दै आएकी छिन् काभ्रेकी कमला लामाले । सन् २०७५ सालमा दर्ता गरी २०७९ सम्म आइपुग्दा दैनिक २० देखि २५ जनाले रोजगारी पाएको र उनको उद्योगले दैनिक २० देखि ५० हजारसम्मको कारोबार गर्दै आएका छिन् ।

‘एग्रो आर्मी प्रालि सेभ फुड’ मार्फत सेभ फार्मरको अवधारणाले यस कार्यको सुरुवात गरिएको हो । किसानले उत्पादन गरेको टमाटर बजारमा खपत नभएर टमाटर खेर फ्याक्नु पर्ने अवस्था आउने र केही समयपछि बजारमा टमाटरको भाउ आकासिएर उपभोक्ता महङ्गीको मारमा पर्नु परेको भन्दै समस्या समाधान गर्ने प्रयास एग्रो आर्मी प्रालि सेभ फुडका आइडियटरले गरिरहेको जनाएको छ । 

बाह्र दिनमै सडेर खेर जाने टमाटरलाई प्रशोधन गरेर संरक्षण गरि १२ महिनासम्म सुरक्षित राख्ने काम गर्दै आएका छन् । टमाटरको प्युरि बनाएर बोतलमा प्याक गरेर पार्टी प्यालेस, होटेल तथा रेस्टुरेन्टमा बिक्री तथा वितरण गर्ने काम गरिरहेका छन् । 

‘अबिराम एग्रोटेक’ले विगत ३ वर्षदेखि अण्डाबाट चल्ला कोरल्ने मेसिन बिक्री वितरण गर्दै आएका छन् । सामान्य किसानले सरल तरिकाले व्यावसायिक उत्पादन लिनसक्ने गाउँदेखि सहरसम्म उपभोक्ताको माग अनुसारको मेसिन अबिराम एग्रोटेकका आइडियटरले बिक्री तथा वितरण गर्दै आएका छन् । 

यो स्थानीय सहर बजारको स्रोत साधनको पूनः प्रयोग गर्दै वातावरणमैत्री, सरल र सहजै चलाउन सकिने, कम लगानीमै किसानको घर दैलोमा पुराउन सफल भएको अबिराम एग्रोटेकका आइडियटरले जनाकारी दिए । परम्परागत तरिकाले भनेको जस्तो उत्पादन नहुने कारणहरु जस्तैः वातावरणीय प्रभाव, ओथारो बसेको पोथीलाई विशेष हेरबिचार चाहिने तथा पोथीमा सुलसुलो लाग्ने, सबै अण्डालाई बराबर स्याहार नहुने आदि जसले गर्दा व्यवसायिक उत्पादन लिन सकिदैन् । 

तर मेसिनमा यी समस्या देखिदैन र सजिलै व्यावसायिक उत्पादन लिन सकिन्छ । यो मेसिनबाट खेर जाने तरकारी, फलफूल वा मासुजन्य उल्पादनलाई सुकाएर पुनः प्रयोगमा ल्याउन सकिन्छ ।

आइडिया स्टुडियोले विभिन्न कार्यक्रमको मार्फत १६ देखि ६७ वर्ष उमेर समूहका व्यक्ति सहभागी गराएको जनाएको छ । आईडिया स्टुडियोले नेपाली उत्पादन प्रवर्द्धन गर्ने, सामाजिक रुपान्तरणमा योगदान पुर्याउने, प्रविधि सम्वद्ध तथा हरियाली र पर्यावरण प्रवर्द्धन गर्ने जस्ता सबै  क्षेत्रका नयाँ सोचलाई विशेष प्राथमिकता दिने जनाएको छ । 

आइडिया स्टुडियोबाट छनौट भएका व्यवसायहरुलाई विशेष प्राथमिकता दिँदै उत्कृष्ट बनाउन सर–सल्लाह, तालिम, व्यवसायीक संजाल, इन्क्युबेसन कार्यक्रम, मेन्टरसिप साथसाथै वित्तीय पहुँचका लागि सहजीकरणको कार्य गर्ने गरेको आइडिया स्टुडियोले जनाएको छ । 

Advertisement