कोरियन एयरको सिण्डिकेट तोड्दै दक्षिण कोरिया उडानको तयारीमा नेपाल वायुसेवा

Advertisement

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दक्षिण कोरियामा सिधा उडान गर्ने भएको छ । दक्षिण कोरियाको राजधानी सिओलस्थित इन्चोन इन्टरनेश एयरपोर्टमा उडानको प्रक्रिया अगाडि बढाएको हो । 

उक्त प्रयोजनका लागि निगमका नायब महाप्रबन्धक (प्राविधिक) इन्जिनियर विक्रम केसीको संयोजकत्वमा १० सदस्यीय सेफ्टी अडिट उपसमिति गठन गरिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । समितिमा निगमको सेफ्टी, इन्जिनियरिङलगायत विभागको प्रतिनिधित्व रहेको छ । 

Advertisement

कोरियन एयर र उक्त एयरलाइन्सको स्थानीय जीएसएको सिण्डिकेटका कारण लामो समयदेखि कोरिया उडानको निगमको प्रयास असफल हुँदै आएको थियो । ्दक्षिण कोरियामा सिधा उडान सञ्चालनका लागि सेफ्टी अडिट गर्नका लागि समिति गठन गरिएको हो। 

खड्काले राससलाई भनिन्, ‘उडानका लागि दक्षिण कोरियाको मिनिष्ट्री अफ ल्याण्ड, इन्फास्ट्रक्चर अफ एन्ड ट्रान्सपोर्ट (मोलिट) अन्तर्गतको सिभिल एभिएसन अथोरिटीले अडिट गर्नुपर्ने हुन्छ, सोहीको तयारीका लागि निगमको तर्फबाट समिति गठन गरि काम शुरु गर्न लागिएको ।’ 

निगमले अन्तर्राष्ट्रिय उाडन गन्तव्य विस्तारको योजना अनुरुप दक्षिण कोरिया सिधा उडानको  उडानको तयरी सुरु गरेको जनाएको छ । दक्षिण कोरियाको सिभिल एभिएसन अथोरिटीले वायुसेवा निगमको सेफ्टी अडिट गरेपछि मात्रै उडान सञ्चालनको  आवश्यक प्रक्रिया अघि बढ्ने निगमले उल्लेख गरेको छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवाको उपस्थिति र 
सिधा उडान सुरु भएपछि बजारमा प्रतिस्पर्धा भई हवाई टिकटको मूल्य घट्ने छ । निगमले हाल भारतका तीनसहित आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । 

Advertisement

Advertisement