सावधिक जीवन वीमा कोष कार्यविधि आदान प्रदान

Advertisement

काठमाडौं । नागरिक लगानी कोष र नेपाल प्रहरीका प्रहरी कर्मचारीको सावधिक जीवन बीमा कोष कार्यविधि–२०७२ आदान प्रदान भएको छ । कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक श्यामबहादुर खड्काबीच मंगलबार कार्यविधि आदान प्रदान भएको हो ।  

चालु आर्थिक बर्षको साउनदेखि नेपाल प्रहरीका कर्मचारीहरुले मासिक दुई सय रुपियाँ बीमा गरेकोमा सरकारले त्यति नै थप गरी मासिक चारसय सय रुपियाँ बीमा कोषमा जम्मा भइरहेको छ । कार्यविधि आदान प्रदानपछि नियमितरुपमा रकम जम्मा हुने कोषले जनाएको छ । यसबाट करिव ७२ हजार प्रहरी लाभान्वित हुने अपेक्षा गरिएको छ । 

Advertisement

Advertisement

Advertisement