काठमाडौं–तराई द्रुतमार्गको जग्गा प्राप्तिको विवाद चाँडै समाधान गर्ने पुनः निर्णय

Advertisement

काठमाडौं । मन्त्रिपरिषदको बैठकले काठमाडौं–तराई द्रुतमार्गको जग्गा प्राप्तिको विवादलाई छिटो टुंग्याउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए । सरकारले यसअघि पनि यस्तो निर्णय गरेको थियो । 

उनका अनुसार द्रुतमार्गको जग्गा प्रप्तिको विवादका विषयमा छलफल भयो । छिट्टै जग्गा प्राप्तिको कामलाई अघि बढाउने, टुंग्याउने निर्णय भएको छ । केही दिनअघि सरकारले यस विवाद समाधानका सम्वन्धमा उच्चस्तरीय समिति निर्माण गरेको थियो । 

Advertisement

मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको गुणस्तर नापतौलसम्बन्धी विधेयक समितिमा पठाउने, जग्गा कित्ताकाटसम्बन्धी विषयलाई अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय गरेको छ । 

Advertisement