नक्कली भुटानी शरणार्थी प्रकरण र आर्थिक संकट ओली सरकारको उपहार होः किराती

Advertisement

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण र आर्थिक संकट पूववर्ती केपी ओली सरकारको उपहार रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको तर्क गरेका छन् ।  

बुद्ध जयन्तीको तयारीका लागि लुम्विनी पुगेका मन्त्री किरातीले भने, ‘ओली सरकारका पालामा जनताको आवश्यकता र समृद्वि लक्षित कार्यक्रम भन्दा पनि राज्यकोषको दोहन र भ्रष्टाचार, अनियमिततालाई प्रोत्साहित गरे ।’

Advertisement

दुर्गममा जनता सिटामोल खाना पाउँदैनन् तर ओली सरकारले पहाडहरू भत्काएर भुरे टाकुरे टावर ठड्याएर कार्यकर्तालाई भ्रष्टाचार गर्न मात्रै प्रेरित गरेको बताउँदै उनले प्राकृतिक स्रोत र रैथाने संस्कृतिहरू समेत धस्त पारेको बताए । 

किरातीले थपे, ‘कमिशन जहाँ आउँछ, त्यहीं अन्धाधुन्द बजेट छुट्याएको उपज यो आर्थिक सङ्कट । त्यति मात्रै हैन । ओलीकै पालामा गैरशरणार्थीलाई शरणार्थी बनाएर पैसा असुल्ने काम भयो । अहिले त्यो पुष्टि हुँदै जाँदैछ ।’ 

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुमाथिको कारवाही विगतको सुन प्रकरण जस्तो नहुने उनको जिकिर छ । 

Advertisement