पूर्वअर्थमन्त्रीहरुको महतलाई सुझाव- 'खर्च कटौतीमा निर्मम बन्नु, नयाँ आयोजना नथप्नु'

Advertisement

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट तयारीका लागि पूर्वअर्थ मन्त्रीहरुसँग छलफल गरेका छन् । पूर्वअर्थ मन्त्रीहरुले व्यवहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजनाहरु थप नगर्न महतलाई सुझावहरु दिएका छन् ।

छलफलमा पूर्वअर्थ मन्त्रीहरु ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशचन्द्र लोहनी, युवराज खतिवडा, विष्णु पौडेल र सुरेन्द्र पाण्डे सहभागी थिए । छलफलका क्रममा महतले अहिलेको जटिल अवस्थालाई सम्बोधन गर्नेगरी बजेट तयार गर्न आफू प्रयासरत रहेको र यसका लागि सबैबाट सहयोग मिल्ने आशा व्यक्त गरे ।

Advertisement

उनले पूर्वानुमानको तुलनामा धेरै कम राजश्व उठेको अवस्थामा खर्च कटौती गर्ने, प्राथमिकता प्राप्त आयोजनाहरुलाई मात्र बजेट छुट्टाउने र निजी क्षेत्रको आत्मविश्वास बढाउन आफू लागिपरेको जानकारी गराए। प्रतिफल नदिने आयोजनामा लगानी नगर्ने र तोकिएको समयमै सम्पन्न हुने, कार्यान्वयन तुरुन्तै गर्न सकिने पूर्वाधार आयोजनालाई प्राथमिकता दिने महतले बताएका थिए ।

Advertisement

Advertisement