अर्थतन्त्र उकास्न पाँच सय र हजारका नोट प्रतिवन्ध गरौंः कमला पन्त

Advertisement

काठमाडौं । साँसद एवं नेपाली कांग्रेसकी नेतृ कमला पन्तले पाँच सय र हजारका नोटलाई ब्याण्ड (प्रतिवन्ध) गर्नुपर्ने माग गरेकी छन् । सोमवार राष्ट्रिय सभाको बैठकमा उनले अर्थतन्त्र उकास्नका लागि पाँच सय र हजारका नोटहरु प्रतिवन्ध लगाउनुपर्ने बतायन् । 

सधैँभर बिरालो बाँधेर श्राद्ध गर्नेतिर जानु नहुने भन्दै पन्तले सरकारले गर्नसक्ने काम मात्रै बजेटमा उल्लेख गर्न आग्रह गरिन् । उनले किसानको उत्पादन राज्यले किन्छ भन्ने वातावरण सिर्जना गर्न आवश्यक रहेको उनले बताइन् । 

Advertisement

पन्तले भनिन्, ‘हामी बिरालो बाँधेर श्राद्ध गर्नेतिर नजाऔँ । ठ्याक्कै के गर्ने हो त्यो भनौँ, किसानको उत्पादन राज्यले किन्छ भन्ने हो भने किसानले उत्पादन बढाउँछ । सडकमा लगेर उत्पादन पोख्ने भए किन बढाउने ? राजश्व संकलनको समस्या के हो ? किन भएन राजश्व संकलन ? यसलाई रोक्ने कुरा के हो ? रोक्नेतिर जाऔँ ।’ 

उनले थपिन्, ‘भन्सारमा कहाँ चुहावट, अर्थमन्त्रीलाई जानकारी छैन भन्नेकुरामा म विश्वास गर्दिन । बोरामा बाँधेका पैसाहरुलाई ५ सय र हजारका नोटलाई ब्याण्ड गराँै । यदी हामीले समस्या बुझेका छौँ र सकिन्छ र हिम्मत छ भने यत्ति गर्नसके पलायन हुँदै गएको अर्थतन्त्रबाट बच्न सक्छौँ । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दा किन जहिल्यै नकारात्मक गर्छ, रुन्चे कुराले हुन्छ ।’

पन्तले मौद्रिक नीतिको समीक्षा गर्दा राष्ट्र बैंकले सधैँ नकारात्मक मात्रै किन गर्छ भन्नेकुराको खोजी गर्न आवश्यक रहेको बताइन् ।

Advertisement

Advertisement