टोपबहादुरलाई पक्राउ गर्न दिन एमाले सहमत, तर आरोपी अरु नेताहरुबारे भने मौन

Advertisement

काठमाडौं । नेकपा (एमाले)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने निष्कर्ष निकालेको छ । 

मंगलबार बसेको सो पार्टीको बैठकले सचिव रायमाझीको नाम पनि सो प्रकरणमा आएकाले उनले विधिपूर्वक, कानुनपूर्वक अनुसन्धानको काममा सघाउनुपर्ने निर्णय गरिएको पार्टीका उपमहासचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । तर सो एमालेले आफ्नै पार्टीबाट सो प्रकरणमा मुछिएका नेता रामबहादुर थापा, नेपाली कांग्रेसका थुप्रै नेताहरमाथि छानविन र कारवाही हुनुपर्ने विषयमा भने मौन बसेको छ । पक्राउ पूर्जी जारी गरिएका एमाले सचिव रायमाझी फरार छन् । 

Advertisement

तर अनुसन्धानको प्रक्रियालाई उनले सघाउनुपर्ने पार्टीले निर्णय गरेको प्रचार विभाग प्रमुख गुरुङले बताए । उनले भने, ‘त्यसमा हामीले लामो छलफल गरिराख्न परेन । नेकपा एमाले कानुनको शासनमा विश्वास गर्ने पार्टी हो । त्यसकारण कानुनको परिपालन गर्ने कुरामा हामीले निर्वाह गर्नुपर्ने भूमिकाहरु खासगरी हाम्रो कमरेड टोपबहादुर रायमाझी अनुसन्धानमा सन्दर्भमा उहाँको नाम आएको छ । यो कानुनको शासन, विधिको शासन मान्ने पार्टी भएको हुनाले विधिपूर्वक, कानुनपूर्वक अनुसन्धानको प्रक्रियालाई सघाउनुपर्ने हाम्रो निर्णय छ ।’

Advertisement

Advertisement