ब्रिटिस ब्राण्ड ‘बेलाको’का घरायसी सामान अब नेपालमा पनि, अरु देशमा पनि विस्तारको योजना

Advertisement

काठमाडौं । ब्रिटिस ब्राण्ड ‘बेलाको’का घरायती तथा विद्युतीय सामग्रीहरु नेपालमा पनि औपचारिकरुपमा बिक्री सुरु भएको छ । कतार तथा बेलायतमा रहेका गैरआवासीय नेपालीहरुको समूह आईकेबीएचले आइतबार यी सामग्रीहरु औपचारिकरुपमा बिक्री शुभारम्भ गरेको हो । 

उक्त समूहले आजै नायक प्रदीप खड्कालाई बेलाको ब्राण्डको ब्राण्ड एम्बासडर पनि नियुक्त गरेको छ । हाल कतार, बेलायतलगायतका मुलुकमा आफ्ना सामानहरु बिक्री गर्दै आएको आईकेबीएचले अरु मुलुकमा पनि यी सामानहरुमा पनि पुर्याउने बताएको छ । बेलाको ब्राण्डका विभिन्न २४ वटा उत्पादन अहिले नेपालमा बिक्री भइरहेको र अरु पनि ल्याउने तयारी गरिएको छ । 

Advertisement

सो समूहका सीईओ अब्दुल बसिदले आफूहरुले गुणस्तरमा कुनै सम्झौता नगर्ने बताउँदै ग्राहको चाहना, आवश्यकताअनुसारका उत्पादनहरु बिक्री गर्ने बताए । बेलाको सामग्रीहरुको प्रयोगले उत्कृष्टता प्रदान गर्ने बसिदको भनाई छ । 

उनले विषम आर्थिक परिस्थितिमा पनि आफ्नो मुलुकका लागि केही योगदान गर्नुपर्छ भनेर आफूहरुले लगानी गरेको बताए । बसिदले नाफाका लागि मात्रै नभएर आफूहरुले राष्ट्रका हितका लागि पनि काम गर्ने बताउँदै जस्तोसुकै प्रतिस्पर्धा र चुनौति आए पनि नेपालमा आफूहरुले प्रतिस्पर्धा गर्ने र असफल भएर फिर्ता नजाने बताए । बसिद गैरआवासीय नेपाली संघका युवा संयोजक पनि हुन् । 

संघका उपाध्यक्ष रविन्द्र श्रेष्ठले गैरआवासीय नेपालीहरुले नेपालको अहिलेको पीडालाई कम गर्न लागिपरेको बताउँदै भ्रष्टाचार नियन्त्रण हुने हो भने थप धेरै लगानी ल्याउन आफूहरु तयार रहेको बताए । उनले गैरआवासीय नेपालीहरुको मुद्दा सम्बोधन गर्न पनि आग्रह गरे । 

नायक प्रदीप खड्काले आफूलाई दर्शकसँगै कर्पोरेट हाउसहरुले पनि सम्झिने गरेको र आफू ब्राण्ड एम्बासडरको रुपमा विभिन्न व्यवसायिक संस्थाहरुमा आवद्ध हुँदै आएको बताए । उनले बेलाको ब्राण्डलाई नेपाली उपभोक्ताले मन पराउने विश्वास व्यक्त गरे ।  

 

Advertisement

Advertisement