‘रैथाने बाली, बीउबिजन, नश्ल र कृषि तथा पशुपंक्षीको जैविक विविधता संरक्षण गरियोस्’

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले मुआब्जा विवादको समस्या समाधान गर्न विशिष्टिकृत संरचना बनाउनुपर्ने बताएकी छन् । 

आईतवार सरकारको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममाथि छलफल गर्दै सांसद गौतमले देशका विभिन्न आयोजनाहरु मुआब्जा विवादका कारण सम्पन्न हुन नसकेको बताइन् । ती समस्याहरुलाई समाधान गर्न विशिष्टिकृत संरचना बनाउनुपर्ने गौतमको भनाई छ  । 

Advertisement

उनले रैथाने बाली, बीउबिजन, नश्ल र कृषि तथा पशुपंक्षीको जैविक विविधता संरक्षणमा स्थानीय तह र समूहहरुलाई स्रोत दिएर जिम्मेवार बनाउनुपर्ने बताए । त्यसैगरी, कृषि, पशुपंक्षी र खाद्यसम्बन्धी प्रयोगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुरुप स्तरोन्नति गरी यस्तो वस्तुहरुको ओसार–पसार हुने सबै भन्सार बिन्दु र मुख्य शहरहरुमा प्रयोगशाला स्थापना हुनुपर्ने गौतमले बताइन् । 

उनले भनिन्, ‘रैथाने बाली, बीउबिजन, नश्ल र कृषि तथा पशुपंक्षीको जैविक विविधता संरक्षणमा स्थानीय तह र समूहहरुलाई प्रोत्साहन होइन, स्रोत दिएर स्थानीय तह र समूहहरुलाई जिम्मेवार बनाइनुपर्छ । कृषि, पशुपंक्षी र खाद्यसम्बन्धि प्रयोगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप स्तरोन्नति गरी यस्तो वस्तुहरुको ओसार–पसार हुने सबै भन्सार बिन्दु र मुख्य शहरहरुमा प्रयोगशाला स्थापना हुनुपर्छ । मुआब्जा बिवादले धेरै आयोजनाहरु सम्पन्न हुन सकेका छैनन् । देशभर भएका यस्ता समस्याहरु सम्बोधन गर्न एउटा विशिष्टिकृत संरचना बनाइनुपर्छ भन्ने पनि सरकारको नीति तथा कार्यक्रममा आओस् ।’

गोतमले काठमाडौं क्षेत्र नम्बर २ मा रहेको साँखु र बज्रयोगिनीलाई विश्वसम्पदा सूचीमा समावेश गर्न समेत आग्रह गरिन् । विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउन होटल, राजमार्ग र विभिन्न ठाउँहरुमा चार्जिङ सेन्टर स्थापना हुनुपर्नेमा पनि उनले बताइन् । 

Advertisement