कर्पाेरेट राशिफलः आज (जेठ १४) तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल जेठ महिनाको १४ गते आइतबार, ज्येष्ठ शुक्लपक्षको अष्टमी तिथि । आज वायु अष्टमी रहेको छ ।

मेष 
परिवारको बलियो साथ मिल्ने छ । ब्यक्तित्वमा भने गिरावट आउने छ । जोखिमपूर्ण क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने समय रहेको छ । साझेदारीमा गरिएका कामहरु पनि सफलता मिल्ने छ । सेवा क्षेत्र अर्थात रोजगारीमा रहेकाहरुको हकमा पदोन्नति हुने वा थप जिम्मेवारी पाउने समय रहेको छ । शेयर बजार औसत रहने छ । 

Advertisement

वृष
प्राज्ञिक क्षेत्रमा सँलग्न भएकाहरुलाई समय शुभ रहने छ । धार्मिक स्वाभावमा बृद्धि हुने छ । धार्मिक क्षेत्रसँग सम्बन्धी वस्तुहरुको कारोवार हुने व्यावसायमा आवद्धहरुलाई आम्दानीमा बृद्धि हुन जाने छ । शेयर बजारबाट अपेक्षाकृत लाभ मिल्ने छ्रैन् । 

मिथुन 
शारीरिक रुपमा थकाई धेरै देखा पर्ने भएकाले मनमा उत्साहको कमि हुने छ, जसले कार्य क्षमतामा प्रभावित पार्ने छ । मनमा निराशाका पना बढ्न जाने छ । साझेदारीका ब्यवसायमा विवाद बढ्ने छ । भाग्यले साथ दिएका कारण पेशागत र ब्यापार ब्यवसायमा भने केही सकारात्मकता देखा पर्ने छ । शेयर क्षेत्र औसत रहने छ ।

कर्कट
पेशागत जीवनमा कदर प्राप्त हुने तथा मान सम्मान पाइने छ । ब्यापार ब्यवसायमा संलग्नहरुलाई पनि समय अनुकुल रहने छ । थप प्रशानिक तथा ब्यवस्थापकीय जिम्मेबारी प्राप्त हुन जाने छ । बोलीको प्रभाव बढ्ने भएकाले त्यसले फाइदा पु¥याउने छ । शेयर बजारमा संयमित रहनु होला । 

सिंह
पेशागत जीवनबाट आम्दानीमा बृद्धि हुने छ । तरल तत्वको कारोवारमा संलग्नहरुलाई फाइदा मिल्ने छ । साझेदारीमा गरिएका कामहरुमा द्वन्द देखा पर्ने छ, बादबिबाद र किचलो उत्पन्न हुने छ ।  धन सम्पत्ति तथा पैतृक सम्पत्तिका विषयमा परीवारका सदस्यहरु बीच मनमुटाब बढ्न जाने छ । शेयर क्षेत्रमा धेरै उत्साही हुने समय रहेको देखिँदैन् । 

कन्या
आम्दानी भन्दा खर्चको मात्रामा बृद्धि हुन पुग्दा आर्थिक सन्तुलनमा दबाब उत्पन्न हुन जाने छ । आम्दानी र खर्चको विषयमा मनमा उदासिनता देखा पर्न छ । धन सम्पत्ति तथा पैतृक सम्पत्तिमा नोक्सानी ब्योहर्नु पर्ने समय रहेकाले सतर्क रहनु नै उत्तम हुने छ । बोलीको प्रभाव घट्ने छ । शेयर बजारमा धेरै जोखिम लिन मिल्ने समय रहेको छैन् ।

तुला 
प्रतिष्पर्धात्मक स्वाभावमा बढोत्तरी हुन जाने छ । नरम खालको व्यक्तित्व हुने भएकाले शान्त प्रकृतिको ब्यक्तित्व हुने छ । पेशागत जीवन तथा ब्यापार ब्यवसायमा भने अबरोधहरु आउने भएकाले संयमित रहनु पर्ने देखिन्छ । साझेदारीमा गरिएका काममा समस्या देखा पर्न जाने छ । शेयर बजार औसत रहने छ । 

वृश्चिक
छोटोछोटो यात्रामा निस्कनु पर्ने छ । मनमा अत्याधिक दुविधा बढ्ने भएकाले व्यक्तित्वमा ह्रास ल्याउने छ । रिस धेरै कडा हुने भएकाले संयमित रहने प्रयास गर्नु होला । पेशा, ब्यवसाय तथा कार्यालयमा श्रम सम्बन्धी समस्या देखा पर्ने छ । शेयर बजार सकारात्मक रहने छैन् । 

धनु 
भाग्यको बलियो साथ रहेकाले भित्रि बुद्धि चलायमान हुने हुँदा आम्दानीमा बृद्धि हुने छ । प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने भएकाले प्रतिष्पर्धीसँग जुध्ने तागत प्राप्त हुने छ । धन तथा सम्पत्तिमा बृद्धि हुने छ  । शेयर बजारमा धैर्यतापूर्वक कदम चाल्नु होला । 

मकर 
दृढ खालको व्यक्तित्व हुने छ । रिस र घमण्डिपनामा बृद्धि देखिने हुँदा संयम रहनु होला । प्रतिष्पर्धात्मक स्वाभावमा पनि बृद्धि हुने हुँदा कसैले पनि हेप्ने छैन् । पेशागत जीवन र ब्यापारमा आँकलन नगरिएका समस्या देखा पर्ने छन् । शेयर बजारमा सीमित रुपमा लगानी गर्नु नै ठिक रहने छ । 

कुम्भ 
भाग्यको बृद्धि हुने छ । साझेदारीमा गरिएका कामहरुले नतिजा दिन थाल्ने छ । ब्यापारको क्षेत्रमा रहेकाहरुको हकमा पनि आम्दानीमा बृद्धि हुन जाने छ । जीवनसाथिको साथले गरिएका कामहरु सकारात्मक बन्ने छन् । रिस भने कडाखालको हुने भएकाले संयमित रहनु होला । शेयर बजार हल्का सकारात्मक देखा पर्ने छ । 

मीन
नेतृत्व गर्ने अवसर प्राप्त हुने छ भने थप जिम्मेबारी प्राप्त हुन जाने छ । बाठोपनामा बृद्धि हुने छ । प्रशासनिक क्षेत्रमा आफू भन्दा माथिल्ला नेतृत्वले विश्वास गर्ने छन् । देखा पर्ने चुनौतिहरुसँग सामना गर्ने क्षमतामा बृद्धि हुने छ । शेयर बजार शुभ रहेको छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement