चालु आवमा सरकारी खर्च १५ खर्ब चार अर्ब ९९ करोड हुने अनुमान

Advertisement

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले चालु आर्थिक वर्षमा सरकारी खर्च १५ खर्ब चार अर्ब ९९ करोड रुपियाँ मात्रै हुने अनुमान सार्वजनिक गरेका छन् ।

यसमध्ये चालु खर्च १० खर्ब ४३ अर्ब ३९ करोड रुपियाँ अर्थात विनयोजनको ८८ प्रतिशत, पुँजीगत खर्च दुई खर्ब ५८ अर्ब ३४ करोड रुपियाँ अर्थात ६७.९१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ दुई खर्ब तीन अर्ब २६ करोड रुपियाँ अर्थात ८८ प्रतिशत खर्च हुने संशोधित अनुमान सोमबार अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्ने क्रममा बताए । 

Advertisement

चालु आर्थिक वर्षमा कुल सरकारी खर्च रु १४ खर्ब ४७ अर्ब ५१ करोड अर्थात ८८.६ प्रतिशत हुने अनुमान थियो । कुल सरकारी खर्चमध्ये चालु खर्च रु नौ खर्ब ७१ अर्ब ८६ करोड अर्थात ९१.२ प्रतिशत, पुँजीगगत खर्च तीन खर्ब नौ करोड रुपियाँ अर्थात ७९.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ एक खर्ब ७५ अर्ब ५६ करोड रुपियाँ अर्थात ९२.७ प्रतिशत खर्च हुने अनमुान थियो ।

यस आर्थिक वृद्धिदर दोहोरो अंक नजिक हुने अनुमान नगरिए पनि २.१६ प्रतिशत मात्रै हुने देखिएको छ । सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०–८१ को बजेट तयार पारेको अर्थमन्त्री महतले बताए ।

Advertisement

Advertisement