राजश्व संकलन लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै हुने अनुमान

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपियाँ मात्रै हुने अनुमान गरिएको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले सोमबार बजेट प्रस्तुत गर्ने क्रममा राजश्वको लक्ष्य चालु आर्थिक बर्षको लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै र गत वर्षको तुलनामा ५.९ प्रतिशतभन्दा कम हुने अनुमान प्रस्तुत गरेका हुन् ।

Advertisement

राजस्व कम हुनुमा चालु आर्थिक वर्षमा लिएका आयात नियन्त्रणका उपाय, आर्थिक गतिविधिमा आएको संकुचन, रुस–युक्रेन युद्धका कारण आपूर्ति प्रणालीमा परेको प्रभाव लगायतका कारणले राजस्व लक्ष्यभन्दा कम संकलन हुने अनुमान गरिएको हो ।

चालु आर्थिक वर्षमा वैदेशिक ऋण एक खर्ब ७० अर्बमा सीमित रहने देखिएको छ वैदेशिक अनुदान ३८ अर्ब मात्रै प्राप्त हुने संशोधित अनुमान छ ।

Advertisement

Advertisement