देउवाका गलत कुरा मान्दै आएर गल्ती गरिएछ, अब देउवाविरुद्ध संघर्ष गर्छुः गगन थापा

Advertisement

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाबिरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन् । महामन्त्री थापाले पार्टी सभापति देउवाको एकल सहमतिमा सरकारले पार्टीको आधारभूत मान्यता विपरित रेशम चौधरीलाई आममाफी दिने, नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नेलगायतका काम गरेको आरोप लगाएका छन् । 

कांग्रेस पार्टीनिकट पत्रकार संगठन नेपाल प्रेस युनियनको कार्यक्रममा शुक्रबार उनले पार्टीलाई उठ्नै नदिने गरी सभापति देउवाले सरकारलाई दिएका ती सहमतिहरु आफूलाई सैह्य नहुने बताए । थापाले देउवाले गर्दै आएका यस्ता गलत निर्णयको संघर्ष गरेर पनि रोक्नुपर्ने बताए । 

Advertisement

आफूलाई साथ दिन पार्टीको नेता, कार्यकर्तालाई आह्वान गर्दै थापाले देउवाका एकल निर्णयहरु आफूले विगतमा मान्दै आएर गल्ती गरेको बताए । अब त्यस्तो गल्ती गर्ने पक्षमा आफू नरहेको पनि उनले पटकपटक दोहोर्याए । थापाले काँग्रेस बदल्नुपर्ने भएकाले आफूले आफैँलाई बदल्न चाहेको तर्क गरे । 
महामन्त्री थापाले पार्टीलाई ‘दाई’हरुको पार्टीको रुपमा नभई तल्लो तहका कार्यकर्ताहरुको पार्टीमा रुपान्तरण गर्न आफूले देशव्यापी अभियान चलाउने बताए । 

Advertisement

Advertisement