म उपप्रधानमन्त्री हुँदा विदेशी लगानी भित्राउन धेरै लगानीकर्तासँग कुरा गरेको थिएँः यादव

Advertisement

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विदेशी लगानी भित्राउने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । 

मंगलवार आफ्नो पार्टीनिकट बौद्धिक पेशाकर्मी महासंघको कार्यक्रममा उनले आफू उपप्रधानमन्त्री हुँदा विभिन्न देशका लगानीकर्तासँग कुरा गरेको तर नेपालमा लगानी गर्ने प्रक्रियाका लागि झन्झट हुने गरेको गुनासो पाएको बताए । 

Advertisement

यादवले विदेशीहरु नेपालमा लगानी गर्न इच्छुक भए पनि कानूनी व्यवधानहरुले समस्यामा पार्ने गरेको बताए । उनले न्यायालय निष्पक्ष हुन नसकेको बताए । उनले ७३ प्रतिशत भन्दा बढी बजेट तलव, भत्ता, ऋण तिर्न र यात्रामा खर्चमै सकिने भन्दै यस हिसावले कुनै पनि देशले आर्थिक समृद्धि ल्याउँछु भन्नु ढाँट्नुबाहेक केही नभएको बताए । 

यादव, ‘लगानीलाई कसरी देशमा ल्याउने हो ? त्यो प्राथमिकतामा राख्नुपर्छ । म उपप्रधानमन्त्री हुँदा धेरै लगानीकर्तासँग कुरा भएको थियो । भारत, अमेरिका लगायत अन्य देशमा पनि । उनीहरु लगानी गर्न चाहन्छ । तर यहाँको प्रशासनिक झन्झट जुन छ, एउटा फाइल यहाँबाट त्यहाँ दिनुपर्ने, त्यहाँबाट सार्दा त्यहाँ । कानूनको अस्थिरता, न्यायालयमा विश्वास छैन । न्यायालय निष्पक्ष हुन नसकेकाले कोही पनि न्यायलय आउन चाहँदैन । त्यो वातावरण अन्त्य गर्नुपर्छ । अहिले ७३ प्रतिशत भन्दा बढी बजेट त तलव, भत्ता, ऋण तिर्न, यात्रामा खर्च सकिन्छ । त्यसको आधारमा कुनैपनि देशले आर्थिक समृद्धि ल्याउँछु भन्नु ढाँट्नुबाहेक केही होइन, त्यसैले नीति परिवर्तन गर्नुपर्छ ।’

Advertisement

Advertisement