नेपालमै कृषिका लागि मेशिनहरु आविस्कार गर्दै भट्टाचार्य, सरकार भने आयातलाई प्रोत्साहन गर्दै

Advertisement

भक्तपुर । जगातीमा विगत २६ वर्षदेखि मनकामना एग्रो इन्जिनियरिङ वक्स प्रा.लि. सञ्चालन हुँदै आएको छ ।  कम्पनीका सञ्चालक सर्लाहीका अनिरुद्ध भट्टाचार्य हुन् । 

मनकामना एग्रोले डेरीसम्बन्धी मेसिनहरु आविस्कार गर्ने गर्दछ । यसरी आविस्कार भएका मेसिन देशभरका ठूला साना डेरीहरुमा बिक्री हुँदै आएको छ । भट्टाचार्यले पाँच हजार रुपियाँ लगानीबाट मेसिन आविस्कार सुरु गरेका थिए । 

Advertisement

मनकामना एग्रोले बार्षिक तीन करोड रुपियाँको मेसिनरी सामग्री बिक्री गर्ने गर्दछ । कोरोना महामारी सुरु हुनुअघि राम्रै व्यापार हुने गरे पनि अहिले भने खासै हुन नसकेको भट्टाचार्यले सुनाए । कम्पनी नाफामा गएको समयमा सञ्चित गरेका बिलासिताका सामग्री बिक्री गर्दै कम्पनी सञ्चालन गर्नुेपर्ने अवस्था आएको उनले बताए ।

भट्टाचार्य भन्छन्, ‘कम्पनीमा कर्मचारी राख्नै पर्यो, पहिलाको जस्तो व्यापार हुन्छ कि भन्ने आशाले । अहिले सामान बेच्दै कम्पनी धान्नु परेको छ ।’ कम्पनीमा अहिले २० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । साथै, कम्पनीमा दश हजारदेखि २५ लाख रुपियाँसम्मका मेसिन छन् ।

कसरी आयो आइडिया ? 
भट्टाचार्य निकै वर्षअघि रोजगारीका सिलसिलामा भारत गएका थिए । त्यहाँ उनले रोजगारीसँगै मेसिन आविस्कार गर्ने सीप सिके । सीप जानेपछि भट्टाचार्य नेपाल  फर्किए । आएपछि यस्ता मशिनहरु आविस्कार गर्न थाले । 

भट्टाचार्यले करिब दुई दशकअघि पहिलो पटक दुध ढुवानी गर्ने ट्याङकी आविस्कार गरेका थिए । डेरीका लागि आवश्यक सामग्रीहरु उत्पादन गर्ने उनी संभलवः पहिलो नेपाली हुन् । भट्टाचार्यले आफ्नो कला सरकारी निकाय र सरकारी अधिकारीहरुसामु पनि प्रस्तुत गरे । तर उनीहरुले कहिल्यै पहिचान गर्न मानेनन् । 

डेरीका सामग्रीसँगै भट्टाचार्यले विगत पाँच वर्षदेखि लप्सी पेल्ने मेसिन पनि आविस्कार गर्दै आएका छन्  । यो मेसिनले गुदी, बियाँ, बोक्रा छुट्टाउन सक्छ । लप्सीका परिकारका लागि निकै उपयोगी मनकामना एग्रोको आविस्कारको मूल्य ठूलोलाई साढे पाँच लाख रुपियाँदेखि सानोलाई साढे दुई लाख रुपियाँसम्म पर्छ । लप्सी पेल्ने मेसिन आविस्कार गर्ने विश्वमै पहिलो व्यक्ति आफू भएको भट्टाचार्यको दावी छ । 

उन डेरीसम्बन्धी धेरै जानकारी राख्दछन् । ग्राहक र अरुहरुलाई आवश्यक सुझाव पनि दिन्छन् । नयाँ मेसिन खरिद गर्दा होस् वा बाहिरबाट आयात गर्दा, भट्टाचार्य सुझाव सल्लाह दिन्छन् । उनलाई मेसिनका विज्ञको रुपमा धेरैले हेर्नेसमेत गर्छन् । 

भट्टाचार्यले मेसिन आविस्कार गर्न कच्चा पदार्थ भारत र चीनबाट आयात गर्दै आएका छन् । तर सरकारले कच्चा पदार्थलाई भन्दा आयात हुने मेसिनलाई बढी प्रोत्साहन र प्राथमिकता दिने गरेकोमा उनी निराश छन् । भारतबाट तयारी मेसिन जम्मा एक प्रतिशत भन्सार महशुल तिरेर ल्याउन दिइन्छ । यता कच्चा पदार्थ आयात गर्दा भने कुनैमा ३६ प्रतिशत, कुनैमा ४६ प्रतिशत, कुनैमा ५२ प्रतिशत भन्सार महशुल अशुल्ने गरिन्छ ।  

भट्टाचार्य भन्छन्, ‘यसरी आयातलाई नै प्रोत्साहन गर्ने हो भने हामीले उद्योग खोलेर के काम भयो र ? उत्पादन गर्ने हामी । रोजगारी दिने हामी । कर र शुल्क सरकारलाई बुझाउने हामी । अनि कसरी देशमा उद्योगधन्दाको विकास हुन्छ । आयातलाई प्रोत्साहन गर्ने हो कि नेपाली उत्पादनलाई ?’ 

Advertisement

Advertisement