नर्वेकी क्रिस्टिन हरिलाले ४५ दिनमा गरिन् ९ वटा हिमालको सफल आरोहण

Advertisement

काठमाडौं । नर्वेकी आरोही क्रिस्टिन हरिलाले नेपाली शेर्पा गाइड तेन्जेन (लामा) शेर्पासँग विश्वको आठौं अग्लो हिमाल मनास्लुको सफल आरोहण गरेकी छिन् ।  

उनीहरुले विश्वको आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु मध्ये ९ वटा हिमालहरुको सफलतापूवक आरोहण गरेका हुन् । नर्वेकी आरोही हरिला र शेर्पाले  ९ वटा हिमालहरु ४५ दिनमा सफल आरोहण गरेका हुन् ।  

Advertisement

हरिला नेपाली शेर्पा गाइडसँग हिजो बिहान ३ बजेर ३० मिनेटमा विश्वको आठौं अग्लो हिमाल मनास्लुको मुख्य चुचुरोमा पुगेको सेभेन समिट ट्रेक्सले जनाएको छ । 

हरिला, तेन्जेन (लामा) शेर्पासहित पासाङ नुरबु शेर्पा, छाङ्वा शेर्पा, काजी शेर्पा, निमा दोर्ची शेर्पा र सोनाम टासी शेर्पा मनास्लुको चुचुरोमा पुगेका हुन् । आठ हजार मिटरभन्दा अग्ला १४ वाट हिमाल तीन महिनाभित्रै आरोहण गर्ने लक्ष्य राखेकी क्रिस्टिन र तेन्जेनले तीमध्ये ९ वटा हिमालहरु आरोहण गरिसकेका छन् ।

क्रिस्टिनले ९ वटा हिमालहरु शेर्पा गाइडसंगै आरोहण गरेकी हुन् । अब पाकिस्तानमा रहेको पाँच वटा हिमाल मात्र बाँकी रहेको छ । उनी ती हिमाल आरोहणको तयारीमा छिन् । नर्वेकी आरोही  हरिलाले यसअघि विश्वका १४ वटा ८ हजार मिटर अग्ला हिमालहरुको एक वर्ष पाँच दिनमा सफल आरोहण गरी सबैभन्दा छिटो आरोहण गर्ने पहिलो महिला आरोही बनेकी छन् । 

क्रिस्टिन र शेर्पाले विश्व कीर्तिमानी आरोही निर्मल पुर्जाले बनाएको विश्व कीर्तिमान रेकर्ड तोड्ने अभियानमा छन् । पुर्जाले ७ महिनाभन्दा कम समयमै आठ हजार मिटरभन्दा अग्ला १४ वाट हिमालहरु सफल आरोहण गरी विश्व कीर्तिमान रेकर्ड बनाएका थिए । 

क्रिस्टिन र शेर्पाले सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, धौलागिरी, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशपाङ्मा हिमालको सफल आरोहण गरेकी छन् । अब पाकिस्तानमा रहेको केटु, नङ्गा पर्वत, गाशरब्रम–१, गाशरब्रम–२, ब्रोडपिकको आरोहण गर्न बाँकी छ । 

Advertisement

Advertisement