वैदेशिक रोजगारबाट फर्किएर नेपालमा सफल पराठा व्यवसाय गर्दै तीन युवा उद्यमी

Advertisement

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएका तीन युवाले नेपालमा परठाको सफल व्यवसाय गरेर उदाहरण बनेका छन् । 

टौखेल, नागार्जुनका उनीहरुले विगत दुई वर्षदेखि परठाको व्यवसाय गर्न थालेका तीन जनाले करिव १० लाख रुपियाँ लगानी गरेर ब्रदर्श फ्रेस परठा उद्योग सञ्चालनमा ल्याएका हुन् । 

Advertisement

तीनमध्येका एक लगानीकर्ता बिर्खराज लिम्बुले आफ्नो उद्योगबाट दैनिक चार सय प्याकेट परठा उत्पादन हुने गरेको बताए । एक प्याकेटमा पाँच पिस पराठा हुन्छ, जुन प्याकेटको मूल्य ७५ रुपियाँ कायम गरिएको छ । उद्योगमा नौ जनाले रोजगारी पनि पाएका छन् । 

परठा आँटा, नुन, पानी मिश्रण गरेर बनाइन्छ । पिठो मुछ्न मेसिन राखिएको छ । बाँकी सम्पूर्ण काम हातबाट नै हुने लिम्बुले बताए । परठा जाडोयाममा सात दिनसम्म र गर्मीयाममा चार दिनसम्म मात्र खान योग्य हुने उनले बताए । 

ब्रदर्शले काठमाडौं उपत्यकाभित्रका मार्ट, बेकरी, डेरी, किराना पसल, हेल्सेल, विद्यालय तथा कार्यालयका चमेना गृहमा बढी बिक्री हुने गरेको छ । यस व्यवसायबाट मासिक पाँच लाख रुपियाँको कारोबार हुने गरेको बताउँदै लिम्बुले बजारमा पठाएको पराठा बिक्री नभए उद्योगले नै फिर्ता लिएर सुंगुर, बुंगुर, कुखुरा र्फाममा चारोका लागि बिक्री गर्ने गरेको जानकारी दिए । 

आफ्नो बारेमा सुनाउँदै उनले साढे तीन वर्ष कतारमा काम गरेर फर्किएपछि केही बर्ष रेष्टुरेन्टमा काम गरेको, त्यसपछि तीन बर्षसम्म अरुको पराठा उद्योगमा काम गरेर अनुभव र सीप प्राप्त गरेको सुनाए । 

त्यसपछि साथीहरु मिलेर पराठा उद्योग खोलेका उनीहरुलाई पहिलो एक बर्ष बजारीकरण गर्न र्न धेरै मेहनत गर्नुपर्यो । लिम्बु भन्छन्, ‘कहिले काहीं परठा बनाएर बजारमा पठाउनु मात्रै हुन्थ्यो । निकै घाटा पनि व्यहोर्नुपर्यो । दैनिक मार्केट धाउँदा धाउँदा विस्तारै ग्राहकहरुले रुचाउन थाले । अहिले राम्रै माग छ । 

उनले आफूहरुका उत्पादनमा गुणस्तरको समस्या नरहेको दावी गर्दै व्यवसायबाट आफूहरु सन्तुष्ट रहेको बताए । 

Advertisement

Advertisement