निर्देशन दिने महत निर्दोष, कार्यान्वयन गर्ने आयोगका पदाधिकारीलाई कठोर सजाय

Advertisement

काठमाडौं । विशेष अदालतले तत्कालिन कर फर्छ्यौट आयोगको भ्रष्टाचारसम्वन्धी मुद्दामा हालसम्मकै धेरै बिगो, जरिवाना र सजाय सुनाएको छ ।

अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले मंगलबार तत्कालिन आयोगका अध्यक्ष लुम्बध्वज महतलाई नौ वर्ष एक महिना, सदस्य उमेश ढकाल र सदस्य सचिव एवं आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक चुडामणि शर्मालाई नौ वर्ष कैद सजाय हुने फैसला गरेको हो ।

Advertisement

अदालतले यसअघि नै उनीहरुमाथि छ अर्ब १५ करोड ७० लाख ४६ हजार ८४७ रुपियाँ कुल बिगो कायम गरेको थियोमा आज लामो जेल सजाय सुनाएको हो । विगो कायम गरिएको रकम दामासाहीले भाग लगाउँदा हरेकले दुई अर्ब पाँच करोड ४६ लाख ९८ हजार ९४९ रुपियाँ बिगो तिर्नुपर्ने छ ।

राजस्व चुहावटको मुद्दामा बिगोको दोब्बर सजाय हुने भएकाले उनीहरुले जनही चार अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपियाँ जरिवाना पर्नेछ । बिगो र जरिवाना गरेर हरेकको भागमा छ अर्ब १६ करोड ४० लाख ९६ हजार ८४७ रुपियाँ तिर्नुपर्नेछ ।

उक्त आयोग तत्कालिन अर्थमन्त्री रामशरण महतले गरेका थिए । उनकै निर्देशनमा आयोगका सदस्यहरुले कर छुटसम्वन्धी निर्णय गरे पनि अदालतले भने आयोगका पदाधिकारीहरुलाई मात्रै दोषी ठहर्याएको हो । 

Advertisement

Advertisement