देशभरका ३५ नर्सरीलाई बहुमूल्य बिरुवाहरु थोक बिक्री गर्दै गिरी नर्सरी तथा कृषि फर्म

Advertisement

काठमाडौं । झापामा विगत दुई दशकभन्दा लामो समयदेखि सञ्चालन हुँदै आएको ‘गिरी नर्सरी तथा कृषि फर्म’ले ललितपुर सानागाँउमा शाखा बिस्तार गर्ने भएको छ । उक्त फर्मले काठमाडौंभित्र ७० प्रतिशत र अन्य जिल्लामा ३० प्रतिशत फलफूल तथा फूलका बिरुवाहरु थोक बिक्री गर्दै आएको छ ।

गिरी नर्सरीले विभिन्न ३५ वटा नर्सरीलाई फलफूल तथा फूलका विरुवा थोक बिक्री वितरण गर्दै आएको छ । ती नर्सरीहरु अधिकांश राजधानी काठमाडौं र आसपमासका जिल्लामा छन् । गिरी नर्सरीले विभिन्न प्रजातीका तीन सय फूलका बिरुवा र करिब दुई सय अन्य बिरुवाहरु उत्पादन गर्दै आएको छ । 

Advertisement

पहिले झापाबाट काठमाडौं पठाउँदा बिरुवाहरुमा ठूलो संख्यामा क्षति पुगेपछि राजधानीमै स्थानान्तरण गरेको फर्मका सञ्चालक अमिस गिरीले बताए । उनले आफ्ना पुर्खाहरुले पनि यही पेशा अँगाले पनि आफूले कृषि पेशामा लाग्ने ठूलो योजना बनाएको थिइन् भन्दै भने, ‘संयोग यस्तो भईदियो कि कोरोना महामारीले नै बुबाले अँगालेको पेशामा जोडिन पुगें ।’

गिरी नर्सरीले अहिले छ जनालाई रोजगारी दिएको छ । नर्सरीमा फूलका बिरुवा १३० देखि १२ हजार रुपियाँसम्ममा किन्न सकिन्छ । मस्केरा नामक फूलको बिरुवा मूल्य १२ हजार रुपियाँ पर्छ । लोपोन्मुख हुँदै गएको फूलको प्रजातीमध्ये मस्केरा पनि पर्ने गिरीले बताए । 

झापामा उनले २५ रोपनी क्षेत्रफलमा नर्सरी व्यवसाय गर्दै आएका छन् । गिरीले सुरुवाती चरणमा १५ हजार रुपियाँमा सुरु भएको गिरी नर्सरीमा कोरोना कालमा अमिस गिरीले ६० लाख रुपियाँ लगानी विस्तार गरेका थिए । नर्सरीलाई आधुनिक प्रविधिसँग जोड्दै ६० लाख रुपियाँ खर्चिएको बताए । 

उनले व्यवस्थित बजारीकरण नहुँदा त्यसको आंशिक प्रभाव आफ्नो व्यवसायमा पनि परेको गुनासो गरे । गिरीले आफ्नो व्यवसायमा वार्षिक रुपमा एक करोड ३२ लाख रुपियाँ कारोबार हुने गरेको बताउँदै नर्सरीमा गाई भैंसीको प्राङगारिक मल मात्रै प्रयोग गर्ने गरेको बताए । 

Advertisement

Advertisement